Nidan Media

आज देशभर वर्षाको सम्भावना, गण्डकीसहित केही प्रदेशमा भारी वर्षा हुन सक्ने

पोखरा । देशभर अहिले मनसुनी वायू सक्रिय रहेको छ भने मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही माथि र पूर्वतर्फ सरदर स्थान आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस र कोशी प्रदेशका तराईका थोरै स्थानमा पनि वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार पहाडी भूभाग, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्र तथा लुम्बिनी प्रदेशको तराईका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

आज राति पनि मौसम पूर्ण रूपमा नखुल्ने अनुमान छ। हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा तथा हिमपात हुन सक्नेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।

यस्तै, मधेस प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्र, साथै कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा रातिको समयमा पनि भारी वर्षा हुन सक्ने भएकाले नदी-नाला आसपास, पहिरोको जोखिमयुक्त क्षेत्र तथा शहरी डुबान हुन सक्ने स्थानमा आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.