Nidan Media

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ। नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ घटेको छ। आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा नौ सय र चाँदीको २५ रुपैयाँ घटेको हो।

मूल्य घटेसँगै सोमबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ८९ हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि आइतबार सुनको भाउ प्रतितोला दुई लाख ९० हजार तीन सय रुपैयाँ रहेको थियो।

यता, आइतबार प्रतितोला चार हजार छ सय पाँच रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ चार हजार पाँच सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.