Nidan Media

घट्यो सुनचाँदीको भाउ

काठमाडौँ। नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ घटेको छ। गत शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा चार सय र चाँदीको १० रुपैयाँ घटेको हो ।

मूल्य घटेसँगै आइतबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ९० हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि गत शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार सात सय रुपैयाँ रहेको थियो ।

यता, गत शुक्रबार प्रतितोला चार हजार छ सय १५ रुपैयाँ रहेको असली चाँदीको भाउ आइतबार घटेर चार हजार छ सय पाँच रुपैयाँ कायम भएको छ। सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो ।

उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा नेपालमा महासंघले दैनिक रूपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.