Nidan Media

भेनेजुयलामा विनाशकारी भूकम्प : मृत्यु हुनेको संख्या ९२० पुग्यो

काठमाडौँ । भेनेजुयलामा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।

गत बुधबार केही सेकेन्डको अन्तरालमा गएको दुईटा शक्तिशाली भूकम्पमा परी तीन हजार ३६० जना घाइते भएको  छन्।

भूकम्पको तीव्रता ७.५ रेक्टरस्केलको मापन गरिएको थियो, जुन पछिल्लो एक शताब्दीमा भेनेजुयलामा आएका सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एक मानिएको छ।

अधिकारीहरूका अनुसार राजधानीको उत्तरमा रहेको ला गुआयरा क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ।

यो क्षेत्र देशका दुई प्रमुख बन्दरगाहमध्ये एक हुनुका साथै भेनेजुयलाको मुख्य हवाई प्रवेशद्वार सिमोन बोलिभार अन्तर्राष्ट्रिय विमानस्थल रहेको माइकेतिया पनि यही क्षेत्रमा पर्छ।

भूकम्पका कारण धेरै भवन तथा पूर्वाधारमा क्षति पुगेको छ भने कैयौँ मानिस अझै पनि बेपत्ता रहेका छन्।

प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य तीव्र रूपमा जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.