Nidan Media

आज विश्व शरणार्थी दिवस

काठमाडौँ । आज विश्व शरणार्थी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

शरणार्थीसम्बन्धी घोषणापत्र १९५१ जारी भएको ५० वर्ष पुगेको सन्दर्भमा ४ डिसेम्बर २००० मा संयुक्त राष्ट्र सङ्घको साधारण सभाले २००१ जुन २० देखि अन्तर्राष्ट्रियस्तरमा शरणार्थी दिवस मनाउने निर्णय गरेको थियो ।

दिवसको अवसरमा शरणार्थीहरूको समर्थनमा विश्वका मुलुकहरूले विभिन्न कार्यक्रम गर्छन् ।

यी गतिविधिहरूको नेतृत्व शरणार्थी, सम्बन्धित सङ्गठन, सरकारी कार्यालय लगायतले गर्दै आएका छन् ।

विश्वमा हरेक एक सय १३ व्यक्तिमध्ये एक जना शरणार्थी भएर घरबार छाड्न परेको तथ्याक छ ।

राष्ट्रसङ्घीय उच्च आयोग (युएनएचसीआर) ले द्वन्द्व लगायत कारणले धेरै मान्छे विस्थापित भएको र यस्ता विषयको निराकरण छिटो हुनुपर्नेमा जोड दिँदै आएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.