काठमाडौँ । विश्वकप फुटबलमा कोलम्बियाले विजयी शुरूआत गरेको छ । समूह केको खेलमा कोलम्बियाले डेब्यु टिम उज्वेकिस्तानमाथि ३-१ को जित हासिल गरेको हो ।
खेलको ४० औँ मिनेटमा डानियल मुनोजको गोलमा कोलम्बियाले प्रारम्भिक अग्रता लियो । मुनोजले लुइस डियाजको पासमा गोल गरेका हुन् ।
६० औँ मिनेटमा अब्बोसबेक फाजुलाएभले उज्वेकिस्तानलाई गोल दिलाए । यो विश्वकपमा उज्वेकिस्तानको पहिलो गोल हो ।
त्यसपछि भने कोलम्बियाले दुई गोल गर्यो । दियाजले गुस्ताभो पुएर्टाको पासमा ६० औँ मिनेटमा गोल गरे ।
त्यस्तै इन्जुरी समयको नवौँ मिनेटमा हुवा क्यामिलो हर्नान्डेजको पासमा जामिल्टन अम्पाजले गोल गरे ।
कोलम्बियाले साढे ६१ प्रतिशत बल आफ्नो नियन्त्रणमा लिएको थियो ।
यो समूहमा पोर्चुगल र डीआर कंगो पनि रहेका छन् । दुवैेले १-१ गोलको बराबरी खेलेका थिए ।




