Nidan Media

श्रम संस्कृति पार्टीले वेल घेराउ गरेपछि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ । हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधि सभामा वेल घेराउ गर्दै नाराबाजी गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।

बुधबार बसेको बैठकमा विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची चलिरहेका बेला श्रम संस्कृति पार्टीका सांसदहरू आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका थिए।

सभामुख डोलप्रसाद अर्यालले पटक-पटक सांसदहरूलाई आ-आफ्नो स्थानमा बसेर बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे पनि उनीहरूले विरोध जारी राखेपछि बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।

प्रधानमन्त्री वालेन्द्र साहको अभिव्यक्तिलाई लिएर असन्तुष्टि जनाउँदै विपक्षी दलहरूले केही दिनयता संसद्मा निरन्तर विरोध गर्दै आएका छन्।

सोही क्रममा श्रम संस्कृति पार्टीले पनि वेल घेराउ गर्दै आफ्नो असन्तुष्टि प्रकट गरेको हो।

सांसदहरूको अवरोधका कारण विनियोजन विधेयकमाथिको छलफल र मन्त्रीहरूको जवाफ दिने कार्यसूची प्रभावित भएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.