काठमाडौँ । फिफा विश्वकप २०२६ को समूह ‘जे’ अन्तर्गत भएको खेलमा अष्ट्रियाले जोर्डनलाई ३–१ ले पराजित गर्दै शानदार जित दर्ता गरेको छ। खेलको शुरूआतमै अष्ट्रियाले अग्रता लिएको थियो।
२०औँ मिनेटमा राउल श्मिडले गोल गर्दै अष्ट्रियालाई १-० को अग्रता दिलाएका थिए। दोस्रो हाफमा जोर्डनले ५० औँ मिनेटमा अली ओल्वानको गोलमार्फत खेललाई १-१ को बराबरीमा ल्याएको थियो।
तर खेलको निर्णायक मोड ७७ औँ मिनेटमा आएको थियो, जब जोर्डनका याजान अल अरबले आत्मघाती गोल गरेपछि अष्ट्रिया फेरि अग्रतामा पुगेको हो।
त्यसपछि अतिरिक्त समयको ९०+१२ औँ मिनेटमा मार्को आर्नाउतोभिचले पेनाल्टीमार्फत गोल गर्दै अष्ट्रियाको जित ३-१ ले पक्का गरेका थिए।
यस जितसँगै अष्ट्रियाले समूह चरणमा महत्वपूर्ण तीन अंक जोड्दै प्रतियोगितामा बलियो शुरूआत गरेको छ।





