Nidan Media

विश्वकपमा स्वीडेनको शानदार शुरूआत, ट्युनिसियामाथि ५-१ को फराकिलो जित

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ मा स्वीडेनले ट्युनिसियामाथि ५–१ को प्रभावशाली जित निकाल्दै प्रतियोगितामा विजयी शुरूआत गरेको छ।

स्वीडेनका लागि यासिन आयारीले सातौँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। ३०औँ मिनेटमा अलेक्जान्डर इसाकले गोल थपेपछि स्वीडेन २-० ले अघि बढ्यो। पहिलो हाफको ४३औँ मिनेटमा ओमर रेकीकले ट्युनिसियाका लागि गोल गर्दै अन्तर घटाएका थिए।

दोस्रो हाफमा स्वीडेनले खेलमाथि पूर्ण नियन्त्रण कायम राख्यो। ५९औँ मिनेटमा भिक्टर ग्योकेरेसले गोल गर्दै टोलीको अग्रता फराकिलो बनाए।

त्यसपछि वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका माटियास स्वानबेर्गले ८४औँ मिनेटमा गोल गर्दै स्विडेनको ४-१ को अग्रता सुनिश्चित गरे। अन्तिम समयमा अर्को गोल थप्दै स्वीडेनले ५-१ को जित दर्ता गर्यो। स्वानबेर्गको गोल उनी मैदान प्रवेश गरेको केही क्षणमै आएको थियो।

यस जितसँगै स्वीडेनले समूह ‘एफ’ मा महत्वपूर्ण तीन अंक बटुलेको छ। यसअघि नेदरल्याण्ड्स र जापानले २-२ को बराबरी खेलेका थिए, जसले समूहको प्रतिस्पर्धा थप रोचक बनेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.