Nidan Media

लालपुरमा ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवलदारको मृत्यु, दुई घाइते

बर्दिया । बर्दियाको गुलरिया नगरपालिका-११ लालपुरमा शनिबार भएको सवारी दुर्घटनामा सशस्त्र प्रहरी सहायक हवलदारको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बर्दिया बासगढी नगरपालिका-५ मोतीपुरका ३५ वर्षीय सशस्त्र प्रहरी सहायक हवलदार तिलक कँडेल रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका क‌ंडेलको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी सशस्त्र प्रहरी बलको फर्वाड अपरेटिङ बेस (एफओबी) गणेशपुरमा कार्यरत थिए ।

सोही दुर्घटनामा बासगढी-८ ककौराका ३५ वर्षीय सशस्त्र प्रहरी जवान दीपककुमार जङ शाह घाइते भएका छन् । उनको अवस्था मध्यम रहेको र प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर रिफर गरिएको छ ।

यस्तै, ट्रक चालक मकवानपुर बागमती गाउँपालिका-५ समरीका ४० वर्षीय निरञ्जन दर्जी पनि घाइते भएको र उनको जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको छ ।

अवैध रूपमा भारततर्फ लैजान लागिएका दुई भैँसी र एक पाडो नियन्त्रणमा लिएर भन्सार कार्यालय गुलरियातर्फ लैजाने क्रममा हुलाकी सडकखण्डको लालपुरमा नेपालगञ्जबाट गुलरियातर्फ आउँदै गरेको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.