काठमाडौँ । फिफा विश्वकप २०२६ को समूह ‘बी’ खेलअन्तर्गत कतार र स्विट्जरल्यान्डबीचको विश्वकप खेलमा पहिलो हाफको पेनाल्टी निर्णय मुख्य विवाद बनेको छ।
कतारका समर्थक र केही विश्लेषकले त्यो अवस्थालाई अफसाइड हुनुपर्ने दाबी गरिरहेका छन्।
तर टिभी रिप्लेमा स्पष्ट अफसाइड देखाउने लाइन नदेखिएको कारण निर्णयबारे अझै प्रश्न उठिरहेको छ। यही पेनाल्टीबाट स्विट्जरल्यान्डले अग्रता लिएको हो।
अहिलेसम्म रेफ्रीहरूले खेल धेरै रोक्नुपरेको छैन र खेल सामान्य रूपमा नै अगाडि बढिरहेको छ।
कतार एक गोलले पछि परेको छ र अब बराबरी गर्न आक्रमण बढाउनुपर्ने दबाबमा छ। स्विट्जरल्यान्ड भने अग्रता जोगाउँदै दोस्रो गोल गर्ने प्रयासमा छ।




