Nidan Media

फिफा विश्वकप २०२६: पहिलो हाफमा बोस्नियाले अग्रता, बराबरीको खोजीमा क्यानडा

काठमाडौँ। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को जारी खेलमा पहिलो हाफ समाप्त भएको छ ।

रेफ्री फाकुन्डो टेलोले सिठ्ठी बजाउँदै पहिलो हाफ समाप्त भएको घोषणा गरेका छन् ।

पहिलो हाफको शुरूआतदेखि नै बोस्निया एन्ड हर्जगोभिनाले उत्कृष्ट प्रदर्शन गर्दै खेलमा पकड बनाएको थियो ।

२१औं मिनेटमा जोभो लुकिचले सेड कोलाशिनाकको कर्नर किकमा हेडमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् ।

यो गोल लुकिचको पहिलो अन्तर्राष्ट्रिय तथा विश्वकप गोल भएको पनि उल्लेख गरिएको छ ।

क्यानडाले पनि पहिलो ४५ मिनेटमा केही राम्रो अवसर सिर्जना गरे पनि ती मौकाहरू सदुपयोग गर्न सकेन ।

कमजोर फिनिसिङका कारण क्यानडा पहिलो हाफमा पछाडि परेको हो ।

प्रतियोगिताको नयाँ ढाँचाअनुसार धेरै टोली नकआउट चरणमा पुग्ने व्यवस्था भए पनि क्यानडाका लागि कम्तीमा बराबरी निकाल्नु महत्त्वपूर्ण हुने विश्लेषण गरिएको छ ।

अब दोस्रो हाफमा खेल थप रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.