काठमाडौँ। नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ बढेको छ। सोमबारको तुलनामा सुनको भाउ तोलामा दुई हजार र चाँदीको २० रुपैयाँ बढेको हो ।
मूल्य बढेसँगै मंगलबार छापावाला सुनको भाउ प्रतितोला तीन लाख एक हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।
यसअघि सोमबार सुनको भाउ प्रतितोला दुई लाख ९९ हजार नौ सय रुपैयाँ रहेको थियो।
यता, सोमबार प्रतितोला चार हजार नौ सय पाँच रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ मंगलबार बढेर चार हजार नौ सय २५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।




