Nidan Media

आज बस्दै प्रतिनिधि सभा बैठक

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुट्न नसकेपछि सोमबारको बैठक निष्कर्षविहीन बनेको थियो। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले आजका लागि बैठक बोलाएका हुन्।

प्रधानमन्त्री वालेन्द्र साह (बालेन) को नेपाल-भारत सीमासम्बन्धी विवादित अभिव्यक्तिलाई लिएर केही दिनदेखि अवरुद्ध हुँदै आएको छ।

 बैठकको मुख्य कार्यसूची आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट (राजस्व र व्ययको वार्षिक अनुमान) माथि सामान्य छलफल प्रारम्भ गर्ने रहेको छ।

संसद् सचिवालयका अनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

छलफलका क्रममा सांसदहरूले उठाउने प्रश्नको जवाफ पनि अर्थमन्त्री वाग्लेले दिने कार्यसूची छ।

बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, कार्यव्यवस्था परामर्श समितिमा सदस्य मनोनयन भएको जानकारी गराउने तथा “वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२” राष्ट्रिय सभाबाट तोकिएको अवधिभित्र फिर्ता नभएको व्यहोरा सदनलाई जानकारी गराउने कार्यक्रम पनि छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.