काठमाडौँ। प्रतिनिधि सभाको बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ ।
विपक्षी दलहरूको अवरोधपछि शुरूमा १५ मिनेटका लागि स्थगित गरिएको बैठक सूचना टाँस गरेर मंगलबारसम्मका लागि सारिएको हो ।
अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने गरी समय निर्धारण गरिएको छ ।
विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र साहले जेठ १७ गते प्रतिनिधिसभा बैठकमा व्यक्त गरेको ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर माफी माग्नुपर्ने माग राख्दै बैठक अवरुद्ध गर्दै आएका छन् ।




