सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः
आजको पञ्चाङ्ग
मिति २०८३ जेठ १८ गते सोमबार, इस्वीसंवत जुन १ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार शुद्धज्येष्ठशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज शुद्धज्येष्ठशुक्लपक्षको पूर्णिमा तिथि दिनमा १ः२४ बजेसम्म त्यसपछि प्रतिपदा तिथि लाग्नेछ। नक्षत्रमा अनुराधा दिनमा ३ः५१ बजेसम्म त्यसपछि ज्येष्ठा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा सिद्धि अहोरात्र रहनेछ। करणमा बालब अहोरात्र रहनेछ । आनन्दादि योगमा मृत्यु रहनेछ।
सूर्य वृष राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछ । आज दिनमान ३४ घटि १६ पला अर्थात १३ घण्टा ४५ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ५ः११ बजे रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः५३ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने साँझमा ७ः१० बजे र अस्ताउने समय राति ४ः३७ बजे रहेको छ ।
आजको राशिफल
मेषः आज दिन केही असहज देखिन्छ। हतार वा लापरवाहीले आवश्यक जिम्मेवारी पूरा गर्न कठिन हुन सक्छ। सामान्य कुरामा धेरै समय खर्च हुँदा मुख्य उद्देश्य ओझेलमा पर्न सक्छ। यात्राको क्रममा सतर्क रहनु उपयुक्त हुनेछ। मन मिलेको व्यक्तिसँग दूरी बढ्ने संकेत छ। शरीरमा कमजोरी महसुस हुनाले नियमित काम प्रभावित बन्न सक्छ। अध्ययनमा मेहनत गरे पनि नतिजाले पूर्ण सन्तुष्टि नदिन सक्छ। धैर्य राखेर अघि बढे परिस्थिति विस्तारै सहज बन्दै जानेछ। आत्मविश्वास कायम राख्नु लाभदायक रहनेछ।
वृषः आजको दिन सुखद् र उत्साहजनक रहनेछ। शरीरमा स्फूर्ति बढ्ने भएकाले काम सजिलै सम्पन्न हुनेछन्। मनपर्ने व्यक्तिसँग आत्मीयता बढ्ने वातावरण बन्नेछ। घरपरिवारमा समझदारी कायम रहनेछ। कारोबारबाट राम्रो रकम प्राप्त हुन सक्छ। रमाइलो यात्राको अवसर मिल्दा मन हलुका हुनेछ। सिकाइका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्न सकिनेछ। आकर्षक सामग्रीको उपयोगले व्यक्तित्व प्रभावशाली देखिनेछ। नयाँ सम्बन्ध जोडिने सम्भावना पनि रहेको छ। दिनभर खुसीका क्षणले साथ दिनेछन्।
मिथुनः आज अवसरले भरिएको समय देखिन्छ। ज्ञान आर्जनतर्फ रुचि बढ्नेछ र नयाँ कुरा बुझ्न सजिलो हुनेछ। ज्येष्ठ व्यक्तिको मार्गदर्शन उपयोगी सावित हुनेछ। फरक किसिमका प्रयासले आयका बाटा विस्तार गर्न मद्दत पु¥याउनेछन्। अनपेक्षित सम्भावनाले प्रगतिको ढोका खोल्न सक्छ। मेहनतअनुसार प्रतिफल प्राप्त हुने अवस्था छ। स्रोतसाधनको सदुपयोगबाट लाभ बढ्नेछ। चाहेको वस्तु हात पार्ने सम्भावना बलियो छ। व्यक्तिगत योजना सफल दिशातर्फ अघि बढ्नेछ। दिन उपलब्धिमूलक रहने देखिन्छ।
कर्कटः आज स्वास्थ्य पक्ष कमजोर रहने सम्भावना देखिन्छ। भीडभाड वा झगडायुक्त वातावरणबाट टाढा रहनु उचित हुनेछ। कानूनी विषयमा सोचेजस्तो परिणाम नआउन सक्छ। पुराना समस्या दोहोरिँदा मनमा दबाब बढ्न सक्छ। पेशागत क्षेत्रमा अपेक्षित उपलब्धि नहुँदा निराशा महसुस हुन सक्छ। आर्थिक पक्षमा सावधानी आवश्यक रहनेछ। अधुरा कार्य पूरा गर्न थप प्रयास गर्नुपर्ने देखिन्छ। नजिकका नातेदारसँग मतभेद बढ्न सक्छ। संयमित व्यवहारले समस्या घटाउन सहयोग पुर्याउनेछ। धैर्य नै आजको बल बन्नेछ।
सिंहः आजको दिन चुनौतीपूर्ण अनुभव हुन सक्छ। जिम्मेवारी बढेसँगै केही असहज परिस्थिति सामना गर्नुपर्ला। तपाईंका गतिविधिमा चासो राख्ने व्यक्तिहरू सक्रिय रहनेछन्। अपेक्षा गरेका सहयोग समयमै नपाइने सम्भावना छ। योजनाबारे धेरै चर्चा नगर्नु राम्रो हुनेछ। बोलेका कुरा गलत बुझिन सक्ने भएकाले शब्द चयनमा ध्यान दिनुपर्छ। परिस्थिति अनुकूल नभए पनि समझदारीले बाटो निकाल्न सकिनेछ। कठिनाइबीच पनि लक्ष्यतर्फ अगाडि बढ्ने आधार बन्नेछ। निर्णय गर्दा विवेक प्रयोग गर्नु लाभदायक हुनेछ। अन्ततः अनुभवले परिपक्वता बढाउनेछ।
कन्याः आज अत्यन्त अनुकूल समय देखिएको छ। विगतका प्रयासको प्रत्यक्ष परिणाम प्राप्त हुन सक्छ। उद्यमसँग सम्बन्धित गतिविधि विस्तार हुने संकेत छन्। रोकिएका कामले गति समात्नेछन्। सहकार्यबाट लाभदायक अवसर प्राप्त हुनेछ। घरका आवश्यकताहरू सहज रूपमा पूरा गर्न सकिनेछ। तपाईंको योगदानको उचित कदर हुने अवस्था छ। बचत गरिएको स्रोतको प्रयोगले फाइदा दिलाउनेछ। भविष्यमा उपयोगी हुने नयाँ कार्य प्रारम्भ गर्न सकिनेछ। समग्र दिन उत्साह र उपलब्धिले भरिएको रहनेछ।
तुलाः आज परिस्थितिले केही दबाब सिर्जना गर्न सक्छ। सामान्य काममै धेरै समय खर्च हुन सक्ने देखिन्छ। आत्मबल कमजोर हुँदा निर्णय लिन ढिलाइ हुन सक्छ। कार्यतालिका नमिल्दा योजना अधुरो रहन सक्छ। अरूमा अत्यधिक निर्भर रहँदा अवसर गुम्ने सम्भावना छ। प्रयासको फल तत्काल हात नपर्न सक्छ। आफ्नो हक जोगाउन सजग रहनुपर्नेछ। अहिलेको मेहनतले भविष्यमा राम्रो प्रतिफल दिन सक्छ। संयमपूर्वक अघि बढे लाभदायक आधार तयार हुनेछ। हतार नगरी काम गर्नु उपयुक्त रहनेछ।
वृश्चिकः आजको दिन प्रगतिमूलक र सकारात्मक रहनेछ। कार्यक्षेत्रमा अनुकूल वातावरण तयार हुने देखिन्छ। आर्थिक पक्ष मजबुत बन्ने संकेत छन्। परिवारका सदस्यबाट महत्त्वपूर्ण साथ प्राप्त हुनेछ। सिर्जनात्मक सोचले नयाँ उपलब्धि दिलाउन सक्छ। आधुनिक उपाय अपनाउँदा राम्रो परिणाम आउनेछ। प्रतिष्ठा र आम्दानी दुवै बढ्ने सम्भावना रहेको छ। प्रेम सम्बन्धमा खुसीको समाचार मिल्न सक्छ। अध्ययन वा तालिमसँग सम्बन्धित यात्राको योग बनेको छ। बिहानतिर सावधानी अपनाए दिन अझ फलदायी बन्नेछ।
धनुः आज स्वास्थ्यमा अचानक समस्या देखिन सक्ने भएकाले सजग रहनुपर्छ। चोटपटकबाट बच्न विशेष ध्यान आवश्यक हुनेछ। अरूका विषयमा धेरै हस्तक्षेप गर्दा अप्ठ्यारो अवस्था आउन सक्छ। प्राप्त अवसरले ठूलो उपलब्धि भने नदिन सक्छ। जिम्मेवारीका कारण मानसिक दबाब बढ्न सक्छ। आवेगमा गरिएका निर्णयले काम बिगार्ने सम्भावना छ। गोप्य कुरा सुरक्षित राख्नु हितकर हुनेछ। अनावश्यक बहसबाट टाढा रहनु उचित देखिन्छ। धैर्यपूर्वक व्यवहार गरे क्षति कम गर्न सकिनेछ। दिनभर सावधानी नै मुख्य आवश्यकता रहनेछ।
मकरः आज शरीरमा पूर्ण ऊर्जा नदेखिन सक्छ। चुनौतीपूर्ण दायित्वका कारण अतिरिक्त सतर्कता अपनाउनुपर्नेछ। काममा आएका अवरोधले अपेक्षा घटाउन सक्छ। नियम र प्रक्रिया पालना गर्न समय लाग्न सक्छ। प्रतिस्पर्धाको वातावरण बलियो रहनेछ। आफ्नो अधिकार सुरक्षित राख्न सचेत रहनुपर्ने देखिन्छ। अनावश्यक खर्च बढ्ने सम्भावना भएकाले हिसाबकिताब मिलाएर चल्नुपर्छ। कसैको विश्वास गर्दा राम्रोसँग बुझ्नु उचित हुनेछ। दिनभर विवेकपूर्ण निर्णयले समस्या घटाउन मद्दत गर्नेछ। सावधानी अपनाए कठिनाइ नियन्त्रणमा रहनेछन्।
कुम्भः आजको दिन सुखद र रमाइलो बन्ने संकेत छ। स्वास्थ्यमा सुधार देखिँदा आत्मबल बढ्नेछ। मनपर्ने व्यक्तिसँग भेटघाट हुनाले खुसी मिल्नेछ। मनोरञ्जन तथा घुमघामका अवसर प्राप्त हुन सक्छन्। सामाजिक सम्बन्ध अझ मजबुत बन्नेछन्। आदर र सम्मान प्राप्त हुने अवस्था देखिन्छ। सुविधाजनक साधनले दैनिक जीवन सहज बनाउनेछ। अतिरिक्त कमाइको नयाँ उपाय सुरु गर्न सकिनेछ। व्यवसायिक प्रयोजनका लागि यात्राको सम्भावना छ। साथीहरूको साथले महत्वपूर्ण काम सफल बन्नेछन्।
मीनः आजको समय सामान्य रहने देखिन्छ। सोचेका काममा केही ढिलाइ हुन सक्छ। अफवाह वा अपूर्ण जानकारीको भर पर्दा असुविधा आउन सक्छ। आफ्नो मेहनतको लाभ अरूले लिन खोज्न सक्छन्। सेवा र सहयोगसँग सम्बन्धित कार्यबाट फाइदा मिल्ने संकेत छन्। क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ। ज्ञानमा आधारित प्रतिस्पर्धामा राम्रो नतिजा आउन सक्छ। निरन्तर प्रयासले उद्देश्य नजिक पु¥याउनेछ। दीर्घकालीन लाभ दिने योजना सुरु हुन सक्छ। सकारात्मक सोचले दिन उपयोगी बनाउनेछ।
साइत (यात्रा): सूर्य वृष राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछ । त्यसैले उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज आइतबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम, दक्षिण र पूर्वतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ५ः१० बजेदेखि ६ः५३ बजेसम्म उद्धेग बेला
बिहान ६ः५३ बजेदेखि ८ः३५ बजेसम्म चर बेला
बिहान ८ः३५ बजेदेखि १०ः१८ बजेसम्म लाभ बेला
बिहान १०ः१८ बजेदेखि १२ः०० बजेसम्म अमृत बेला
मध्यान्हमा १२ः०० बजेदेखि १ः४३ बजेसम्म काल बेला
दिनमा १ः४३ बजेदेखि ३ः२५ बजेसम्म शुभ बेला
दिनमा ३ः२५ बजेदेखि ५ः०८ बजेसम्म रोग बेला
दिनमा ५ः०८ बजेदेखि ६ः५० बजेसम्म उद्धेग बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ६ः५० बजेदेखि ८ः०८ बजेसम्म चर बेला
साँझ ८ः०८ बजेदेखि ९ः२५ बजेसम्म लाभ बेला
राति ९ः२५ बजेदेखि १०ः४३ बजेसम्म अमृत बेला
राति १०ः४३ बजेदेखि १२ः०० बजेसम्म काल बेला
राति १२ः०० बजेदेखि १ः१८ बजेसम्म शुभ बेला
राति १ः१८ बजेदेखि २ः३५ बजेसम्म रोग बेला
रातिमा २ः३५ बजेदेखि ३ः५२ बजेसम्म उद्धेग बेला
रातिमा ३ः५२ बजेदेखि ०५ः१० बजेसम्म चर बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौँ, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।



