काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार एकै दिन सुनको भाउ तोलामा २० हजार पाँच सय र चाँदीको तीन सय पाँच रुपैयाँ बढेको छ ।
मूल्य बढेसँगै आइतबार छापावाला सुनको भाउ प्रतितोला तीन लाख ११ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
यसअघि गत शुक्रबार सुनको भाउ प्रतितोला दुई लाख ९० हजार छ सय रुपैयाँ रहेको थियो ।
यता, गत शुक्रबार प्रतितोला पाँच हजार ४० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ आइतबार बढेर पाँच हजार तीन सय ४५ रुपैयाँ पुगेको छ ।
सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।





