Nidan Media

कुशल भुर्तेलको विस्फोटक शतक, चीनलाई नेपालको ३१४ रनको लक्ष्य

काठमाडौँ। सिंगापुरमा जारी एसियन गेम्स छनोटअन्तर्गत नेपालले चीनविरुद्ध आक्रामक ब्याटिङ गर्दै ३१४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा उत्कृष्ट प्रदर्शन गर्दै विशाल योगफल तयार गरेको हो।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले एकै ओभरमा ६ छक्का प्रहार गर्दै टोलीलाई सनसनीपूर्ण शुरूआत दिलाएका थिए। उनले ४३ बलमा १२९ रनको विस्फोटक इनिङ्स खेले।

भुर्तेलले इनिङ्सको नवौं ओभरमा लगातार ६ बलमा ६ छक्का प्रहार गर्दै नेपालका लागि यो उपलब्धि हासिल गर्ने दोस्रो खेलाडी बन्न सफल भए।

नेपालको विशाल स्कोरमा कुशल मल्लले ४७ बलमा ८५ रनको योगदान दिए भने कप्तान रोहित पौडेलले २१ बलमा ६९ रनको आक्रामक इनिङ्स खेले। तीन प्रमुख ब्याटरको उत्कृष्ट प्रदर्शनमा नेपालले चीनसामु ३१४ रनको कठिन लक्ष्य प्रस्तुत गरेको हो।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.