सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः
आजको पञ्चाङ्ग
मिति २०८३ जेठ १७ गते आइतबार, इस्वीसंवत मे ३१ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार शुद्धज्येष्ठशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज शुद्धज्येष्ठशुक्लपक्षको पूर्णिमा तिथि दिनमा १ः२४ बजेसम्म त्यसपछि प्रतिपदा तिथि लाग्नेछ। नक्षत्रमा अनुराधा दिनमा ३ः५१ बजेसम्म त्यसपछि ज्येष्ठा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा सिद्धि अहोरात्र रहनेछ। करणमा बालब अहोरात्र रहनेछ । आनन्दादि योगमा मृत्यु रहनेछ।
सूर्य वृष राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछ । आज दिनमान ३४ घटि १६ पला अर्थात १३ घण्टा ४५ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ५ः११ बजे रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः५३ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने साँझमा ७ः१० बजे र अस्ताउने समय राति ४ः३७ बजे रहेको छ । आज विश्व सूर्तीजन्य पदार्थविरुद्धको दिवस रहेको छ।
आजको राशिफल
मेषः आज समय अनुकूल देखिँदैन। साना काममै अल्झिँदा महत्वपूर्ण योजना पछि पर्न सक्छन्। यात्रा र सवारी प्रयोगमा विशेष सावधानी अपनाउनुहोला। प्रेम सम्बन्धमा दूरी बढ्न सक्छ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ। काममा अपेक्षित सफलता प्राप्त गर्न कठिन हुनेछ। खर्च बढ्न सक्ने संकेत रहेको छ। अध्ययनमा ध्यान दिए पनि परिणाम कमजोर रहन सक्छ। धैर्य र संयम आवश्यक छ। सोचविचार गरेर निर्णय लिनु उचित हुनेछ।
वृषः आजको दिन सकारात्मक रहनेछ। स्वास्थ्य राम्रो रहने संकेत छ। प्रेम र दाम्पत्य सम्बन्ध थप सुमधुर बन्नेछ। व्यापारबाट राम्रो आम्दानी प्राप्त हुन सक्छ। यात्राको अवसर मिल्न सक्छ। अध्ययनमा प्रगति देखिनेछ। भौतिक सुख–सुविधा बढ्ने सम्भावना छ। नयाँ चिनजान लाभदायी बन्न सक्छ। आज गरिने कामबाट महत्वपूर्ण लाभ प्राप्त हुनेछ। आत्मविश्वास बढ्नेछ भने दिन उत्साहपूर्ण रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ।
मिथुनः आज सफलता प्राप्त गर्ने दिन छ। अध्ययन र बौद्धिक कार्यमा राम्रो प्रगति हुनेछ। अग्रजको सुझाव लाभदायी बन्नेछ। नयाँ अवसर प्राप्त हुने सम्भावना छ। आम्दानीका स्रोत विस्तार हुन सक्छन्। व्यवसायमा सकारात्मक परिणाम मिल्नेछ। सम्पत्ति वा सवारी सम्बन्धी लाभ हुन सक्छ। तपाइँको आत्मबल बढ्नेछ। सामाजिक सम्मान प्राप्त हुनेछ भने दिन उपलब्धिमूलक रहनेछ। धर्मिक यात्राले मनमा शान्ति छाउने देखिन्छ ।
कर्कटः आज स्वास्थ्यप्रति विशेष ध्यान दिनुपर्ने दिन छ। विवाद र झमेलाबाट टाढा रहनु राम्रो हुनेछ। मानसिक तनाव बढ्न सक्छ। आर्थिक पक्ष कमजोर बन्ने संकेत छ। व्यापारमा अपेक्षित लाभ नहुन सक्छ। अध्ययनका काम अधुरा रहन सक्छन्। आर्थिक कुराले नै आफन्तसँग मतभेद बढ्न सक्नेछ, धैर्य राख्न आवश्यक छ। अनावश्यक खर्च बढ्न सक्ने भएकाले सावधानी अपनाउनु राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ।
सिंहः आज केही चुनौती सामना गर्नुपर्ने देखिन्छ। काममा हस्तक्षेप गर्ने व्यक्तिहरू सक्रिय हुन सक्छन्। योजना गोप्य राखेर अघि बढ्नु राम्रो हुनेछ। बोलीका कारण विवाद उत्पन्न हुन सक्छ। सहयोगीको साथ कम मिल्न सक्छ। जिम्मेवारी बढ्ने सम्भावना छ। धैर्य राखे सफलता सम्भव छ। आवेगमा निर्णय नगर्नुहोला। बुद्धिमानीले समस्या समाधान हुनेछ। लक्ष्यतर्फ अघि बढ्न सकिनेछ।
कन्याः आज शुभ दिन रहनेछ। रोकिएका काम पूरा हुने सम्भावना छ। व्यापार र पेशामा प्रगति हुनेछ भने साझेदारीबाट लाभ मिल्नेछ। पारिवारिक सुख बढ्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। आर्थिक पक्ष मजबुत बन्नेछ। नयाँ योजना सफल हुन सक्ने ग्रहगोचर छ। आम्दानीमा वृद्धि हुनेछ भने उत्साह र आत्मविश्वास बढ्नेछ। आज नयाँ व्यवसायको थालनी र महत्वपूर्ण काम गर्नका लागि दिन उपयुक्त रहेको छ। तर आज आफन्तसँग आर्थिक कारोबार भने नगर्नुहोला ।
तुलाः आज धैर्यपूर्वक अघि बढ्नुपर्ने दिन रहेको छ। सामान्य काममै समय खर्च हुन सक्छ। योजना कार्यान्वयनमा ढिलाइ हुन सक्छ। आत्मविश्वासको कमीले अवसर गुम्न सक्छ। अरूमाथि बढी निर्भर नहुनु राम्रो हुनेछ। मेहनतको फल ढिलो प्राप्त हुनेछ। आर्थिक लाभ तत्काल नदेखिन सक्छ। नयाँ कामको आधार तयार हुनेछ। संयमताले सफलता दिलाउनेछ। भविष्यमा फाइदा हुने संकेत छ। पारिवारिक विषयमा समझदारी अपनाउनुपर्नेछ। अनुभवी व्यक्तिको सुझाव उपयोगी निकै बन्नेछ।
वृश्चिकः आजको दिन निकै राम्रो रहनेछ। व्यवसायिक वातावरण अनुकूल बन्नेछ। आर्थिक अवस्था बलियो हुने सम्भावना छ। परिवारको सहयोग प्राप्त हुनेछ। नयाँ सोच र योजना सफल बन्न सक्छन्। प्रेम सम्बन्धमा खुसी मिल्नेछ। अध्ययनमा प्रगति हुनेछ। यात्राको अवसर प्राप्त हुन सक्छ। प्रतिष्ठा बढ्ने संकेत छ। बिहान सवारी चलाउँदा सावधानी अपनाउनुहोला। सिर्जनात्मक कार्यमा रुचि बढ्नेछ। नयाँ जिम्मेवारीले भविष्यको मार्ग प्रशस्त गर्नेछ।
धनुः आज स्वास्थ्यमा समस्या आउन सक्ने छ। चोटपटकबाट जोगिन सावधानी अपनाउनुहोला। अरूका विषयमा अनावश्यक चासो नदिनु राम्रो हुनेछ। अवसर आए पनि उपलब्धि सीमित रहन सक्छ। विवादित जिम्मेवारी आउन सक्छ। आवेगमा निर्णय गर्दा हानि हुन सक्छ। गोपनीयता कायम राख्नु आवश्यक छ। वादविवादबाट टाढा रहनुहोला। धैर्यले समस्या कम गर्नेछ। सोचेर काम गर्नु लाभदायी हुनेछ। आर्थिक कारोबार गर्दा विशेष सतर्कता अपनाउनुहोला। आफन्तसँगको सम्बन्धमा संयमित व्यवहार गर्नु उपयुक्त हुनेछ।
मकरः आज स्वास्थ्य सामान्य कमजोर रहन सक्छ। जोखिमयुक्त काममा सावधानी आवश्यक छ। काममा चुनौती बढ्न सक्छ। अपेक्षित लाभ प्राप्त गर्न कठिन हुनेछ। प्रतिस्पर्धी सक्रिय हुनेछन्। अधिकार र हितको रक्षा गर्न मेहनत गर्नुपर्ला। खर्च बढ्न सक्ने सम्भावना छ। ठगी वा धोका हुन सक्ने संकेत छ। कानुनी विषयमा सतर्क रहनुहोला। दिनभर सचेत रहनु बुद्धिमानी हुनेछ। पुराना समस्या समाधान गर्न धैर्य आवश्यक पर्नेछ। कार्यक्षेत्रमा जिम्मेवारी बढ्न सक्ने सम्भावना छ।
कुम्भः आजको दिन शुभ रहनेछ। स्वास्थ्यमा सुधार आउनेछ। प्रियजनसँगको भेटले मन प्रसन्न हुनेछ। मनोरञ्जन र घुमफिरको अवसर मिल्नेछ। प्रेम सम्बन्ध बलियो बन्नेछ। साथीभाइको सहयोग प्राप्त हुनेछ। आम्दानी बढाउने योजना सफल हुन सक्छ। व्यवसायिक यात्रा हुन सक्छ। भौतिक सुविधा बढ्ने संकेत छ। दिन खुसी र उत्साहका साथ बित्नेछ। नयाँ सम्बन्धले भविष्यमा लाभ पुर्याउन सक्छ। परिवारका सदस्यबाट सुखद समाचार प्राप्त हुन सक्छ।
मीनः आज मिश्रित फल प्राप्त हुनेछ। योजना अनुसार काम नबन्न सक्छ। हल्लाको पछि लाग्दा नोक्सानी हुन सक्छ। सेवामूलक कार्यबाट लाभ मिल्नेछ। बौद्धिक क्षेत्रमा सफलता प्राप्त हुनेछ। प्रतिभा प्रदर्शन गर्ने अवसर मिल्नेछ। प्रयत्नले लक्ष्य प्राप्त गर्न सकिनेछ। नयाँ काम सुरु गर्ने सम्भावना छ। दीर्घकालीन लाभको आधार तयार हुनेछ। धैर्य राखे उपलब्धि हात पर्नेछ। धार्मिक तथा आध्यात्मिक गतिविधिमा रुचि बढ्न सक्छ। मित्रजनसँगको सहकार्यबाट सकारात्मक परिणाम प्राप्त हुनेछ।
साइत (यात्रा): सूर्य वृष राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछ । त्यसैले उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज आइतबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम, दक्षिण र पूर्वतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ५ः१० बजेदेखि ६ः५३ बजेसम्म उद्धेग बेला
बिहान ६ः५३ बजेदेखि ८ः३५ बजेसम्म चर बेला
बिहान ८ः३५ बजेदेखि १०ः१८ बजेसम्म लाभ बेला
बिहान १०ः१८ बजेदेखि १२ः०० बजेसम्म अमृत बेला
मध्यान्हमा १२ः०० बजेदेखि १ः४३ बजेसम्म काल बेला
दिनमा १ः४३ बजेदेखि ३ः२५ बजेसम्म शुभ बेला
दिनमा ३ः२५ बजेदेखि ५ः०८ बजेसम्म रोग बेला
दिनमा ५ः०८ बजेदेखि ६ः५० बजेसम्म उद्धेग बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ६ः५० बजेदेखि ८ः०८ बजेसम्म चर बेला
साँझ ८ः०८ बजेदेखि ९ः२५ बजेसम्म लाभ बेला
राति ९ः२५ बजेदेखि १०ः४३ बजेसम्म अमृत बेला
राति १०ः४३ बजेदेखि १२ः०० बजेसम्म काल बेला
राति १२ः०० बजेदेखि १ः१८ बजेसम्म शुभ बेला
राति १ः१८ बजेदेखि २ः३५ बजेसम्म रोग बेला
रातिमा २ः३५ बजेदेखि ३ः५२ बजेसम्म उद्धेग बेला
रातिमा ३ः५२ बजेदेखि ०५ः१० बजेसम्म चर बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौँ, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।


