काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह शुक्रबारको संसद बैठकमा सहभागी भएका छन् ।
आगामी आर्थिक वर्षको बजेट वक्तव्य संघीय संसदको दुवै सदनमा प्रस्तुत हुने भएपछि शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री शाह सहभागी भएका हुन् ।
यसअघिका बैठकमा प्रधानमन्त्री उपस्थित नभएको भन्दै विपक्षी दलहरूले विरोध गर्दै आएका थिए ।
बैठकमा सरकारका अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट प्रस्तुत गरिरहेका छन् ।





