Nidan Media

श्रीकृष्णको प्रिय दिनमा राशिफल

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः 

आजको पञ्चाङ्ग

मिति २०८३ जेठ ६ गते बुधबार, इस्वीसंवत मे २० तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार शुद्धज्येष्ठशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज शुद्धज्येष्ठशुक्लपक्षको चतुर्थी तिथि दिनमा ४ः२८ बजेसम्म त्यसपछि पञ्चमी तिथि लाग्नेछ। नक्षत्रमा आद्रा बिहानमा ११ः२० बजेसम्म त्यसपछि पुनवर्सु नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा शूल ३५ घटि ३९ पलासम्म त्यसपछि गण्ड योग लाग्नेछ । करणमा कौलव रहनेछ । आनन्दादि योगमा मुशल रहनेछ ।

सूर्य वृष राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछ । आज दिनमान ३३ घटि ५२ पला अर्थात १३ घण्टा ३५ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ५ः१५ बजे तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः४७ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने बिहानमा ८ः२१ बजे र अस्ताउने समय राति १०ः५१ बजे रहेको छ ।

आजको राशिफल

मेषः आजको दिन आर्थिक दृष्टिले लाभदायक रहनेछ । मिथुन राशिको प्रभावले  लामो समयदेखि अड्किएको धन फिर्ता आउने सम्भावना देखिएको छ । नयाँ लगानीका अवसर फेला पर्नेछन् भने आज गरिएको लगानीले भविष्यमा राम्रो प्रतिफल दिनेछ । घरका ज्येष्ठ सदस्यहरूको साथ र आशीर्वादले आत्मविश्वास बढ्नेछ । स्वास्थ्यका लागि योग, व्यायाम र अनुशासित जीवनशैली अपनाउँदा फाइदा हुनेछ । बाहिरी खानपानमा भने सावधानी अपनाउनु उपयुक्त हुनेछ । मानसिक शान्ति प्राप्त हुने दिन छ । प्रेम सम्बन्धमा नयाँपन र रोमान्स बढ्नेछ ।

वृषः आज खर्च बढ्न सक्ने भएकाले आर्थिक मामिलामा सोचविचार गरेर निर्णय लिनु राम्रो हुनेछ । मिथुन राशिको प्रभावले पारिवारिक वातावरणमा सामान्य तनाव आउन सक्ने भए पनि धैर्यताले परिस्थिति सहज बन्नेछ । चुनौतीलाई अवसरमा बदल्न सकिने दिन रहेको छ । विरोधीहरू कमजोर हुनेछन् भने कार्यक्षेत्रमा प्रशंसा प्राप्त हुनेछ । मेहनतको उचित परिणाम मिल्नेछ । स्वास्थ्यमा लापरबाही नगर्नुहोला । प्रेम सम्बन्धमा विश्वास कायम राख्नु आवश्यक देखिन्छ ।

मिथुनः आज परिवारमा खुसीको समाचार सुन्न पाइनेछ । साथीभाइ र शुभचिन्तकहरूको साथ सहयोग प्राप्त हुनेछ । अपरिचित व्यक्तिको सुझावले पनि फाइदा दिलाउन सक्छ । मानसिक रूपमा शान्त र शारीरिक रूपमा सक्रिय महसुस गर्नुहुनेछ। नियमित व्यायाम र अनुशासित दिनचर्याले स्वास्थ्य सबल रहनेछ । प्रेम जीवनमा मधुरता बढ्नेछ । विद्यार्थीहरूका लागि नयाँ विषय अध्ययन सुरु गर्न अनुकूल समय छ । रचनात्मक काममा रुचि बढ्नेछ भने प्रियजनसँगको यात्रा सुखद् बन्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।

कर्कटः आज घरजग्गा सम्बन्धी कारोबारमा विशेष सावधानी अपनाउनु आवश्यक देखिन्छ । मिथुन राशिको चन्द्रमाको प्रभावले पारिवारिक वातावरणलाई सन्तुलित बनाउन धैर्यतापूर्वक व्यवहार गर्नुहोला । पेटसम्बन्धी समस्या सताउन सक्ने भएकाले खानपानमा ध्यान दिनु राम्रो हुनेछ । प्रेम सम्बन्धमा दूरी बढ्न सक्ने संकेत देखिन्छ । विद्यार्थीहरूलाई पढाइमा एकाग्रता कायम गर्न कठिन हुन सक्छ । हतारमा निर्णय नगर्नुहोला । विलासिताका वस्तुमा अनावश्यक खर्च बढ्न सक्ने भएकाले मितव्ययी बन्न आवश्यक छ ।

सिंहः आज बोलीको कारण सम्बन्धमा असर पर्न सक्ने भएकाले संयमता अपनाउनु आवश्यक छ । चन्द्रमा मिथुन राशिमा रहँदा दाजुभाइ वा छिमेकीसँगको सम्बन्धमा पनि सतर्क रहनुहोला । स्वास्थ्यमा सामान्य समस्या देखिन सक्नेछ । प्रेम सम्बन्धमा केही चिसोपन आउन सक्छ । जीवनसाथीको भावना बुझ्ने प्रयास गर्नु राम्रो हुनेछ । चुनौतीपूर्ण दिन भए पनि मेहनतले परिस्थिति सुधार्न सकिनेछ । धार्मिक यात्राको योजना बन्न सक्छ, जसले मानसिक रूपमा ऊर्जा थप्नेछ ।

कन्याः आज घरमा माङ्गलिक कार्यको चर्चा चल्नेछ । सन्तानको प्रगतिले मन खुसी हुनेछ । सामाजिक प्रतिष्ठा बढ्ने सम्भावना छ । पुरानो स्वास्थ्य समस्याबाट राहत मिल्ने संकेत देखिएको छ । रचनात्मक कार्यमा रुचि बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ भने जीवनसाथीको साथले कार्यक्षेत्रमा सफलता दिलाउनेछ । विद्यार्थीहरूका लागि दिन निकै फलदायी रहनेछ । विदेश यात्राको योजना अघि बढाउन उपयुक्त समय रहेको देखिएको छ ।

तुलाः आज दैनिक खर्च बढ्न सक्नेछ । चन्द्रमा मिथुन राशिमा रहँदा पारिवारिक सम्बन्धमा सामान्य तनाव आउन सक्ने भएकाले व्यवहारमा सजग रहनुहोला । मानसिक चिन्ताले सताउन सक्छ भने स्वास्थ्यमा पनि सामान्य समस्या देखिन सक्छ । प्रेम जीवनमा भने नयाँपन र उत्साह थपिनेछ । विद्यार्थीहरूले मेहनत बढाउनुपर्ने देखिन्छ । कला, संगीत र सिर्जनात्मक कामतर्फ आकर्षण बढ्नेछ, जसले मानसिक तनाव कम गर्नेछ । कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुन सक्ने देखिन्छ ।

वृश्चिकः आज स्वास्थ्य राम्रो रहनेछ । दाजुभाइ तथा दिदीबहिनीबाट विशेष सहयोग मिल्नेछ । राजनीति र समाजसेवामा सक्रिय व्यक्तिहरूको लोकप्रियता बढ्नेछ । धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । खेलकुद र व्यायाममा रुचि बढ्नेछ भने प्रेम जीवन रमाइलो रहनेछ । नयाँ साथीहरू बन्ने र सामूहिक कार्यमा सफलता मिल्ने योग छ । नयाँ काम सुरु गर्न अनुकूल समय रहेको छ । व्यापार तथा आर्थिक क्षेत्रमा उल्लेखनीय लाभ प्राप्त हुने ग्रहगोचर छ ।

धनुः आज घरपरिवारका सामान्य विषयले मनमा चिन्ता बढाउन सक्छ । मिथुन राशिको चन्द्रमाको प्रभावले सन्तानको व्यवहारप्रति ध्यान दिन आवश्यक देखिन्छ । प्रेम सम्बन्धमा सामान्य उतारचढाव आउने सम्भावना छ । विद्यार्थीहरूले मेहनत बढाउनुपर्ने समय रहेको छ । वैदेशिक अध्ययनका योजना केही समयपछि मात्र सफल हुने संकेत छ । खर्च बढ्न सक्ने भएकाले आर्थिक अनुशासन आवश्यक हुनेछ । धार्मिक यात्रा वा शुभकार्यमा सहभागी हुँदा मानसिक शान्ति मिल्ने देसखन्छ ।

मकरः आज वैदेशिक व्यापारमा संलग्न व्यक्तिहरूले विशेष लाभ प्राप्त गर्नेछन् । दाम्पत्य जीवनमा समझदारी र प्रेम बढ्नेछ । घरमा पाहुनाको आगमन वा उत्सवको वातावरण बन्नेछ । मानसिक रूपमा सन्तुष्टि मिल्ने दिन छ । विद्यार्थीहरूले मेहनतको राम्रो परिणाम प्राप्त गर्नेछन् । स्वास्थ्य सामान्यतया राम्रो रहनेछ । यात्राका क्रममा खानपानमा सावधानी अपनाउनु राम्रो हुनेछ । आज ऋण वा सापटी दिने कामबाट टाढा रहनु उपयुक्त हुनेछ ।

कुम्भः आज पारिवारिक जीवन सुखद् रहनेछ । घरका सदस्यहरूको प्रगतिले मन खुसी हुनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ भने महत्वपूर्ण निर्णयमा परिवारको साथ मिल्नेछ । स्वास्थ्य सबल रहनेछ । प्रेम सम्बन्धमा सामीप्यता र रोमान्स बढ्नेछ । विद्यार्थीहरूका लागि दिन उपलब्धिमूलक रहनेछ । विरोधीहरू कमजोर हुनेछन् भने कार्यक्षेत्रमा क्षमता र कार्यकुशलताको प्रशंसा हुनेछ । व्यापारिक प्रतिस्पर्धामा सफलता प्राप्त हुने योग रहेको छ ।

मीनः आज सन्तान वा विद्यार्थी पक्षबाट सुखद् समाचार प्राप्त हुनेछ । मिथुन राशिको चन्द्रमाको प्रभावले मन प्रसन्न रहनेछ भने शरीरमा ऊर्जा र स्फूर्ति बढ्नेछ । प्रेम सम्बन्धमा नयाँ आयाम थपिनेछ । मिल्ने साथीहरूसँग गहिरो संवाद हुने अवसर मिल्नेछ । विद्यार्थीहरूका लागि अध्ययनमा एकाग्रता बढ्नेछ । नयाँ शैक्षिक उपलब्धि हासिल हुने सम्भावना छ । कार्यक्षेत्रमा नयाँ सोच र योजनाले सफलता दिलाउनेछ । शेयर बजारमा गरिएको लगानीबाट लाभ प्राप्त हुने योग रहेको छ ।

साइत (यात्रा): सूर्य वृष राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछ । त्यसैले पश्चिम र दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बुधबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व र उत्तरतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः१४ बजेदेखि ६ः५५ बजेसम्म लाभ बेला
बिहान ६ः५५ बजेदेखि ८ः३७ बजेसम्म अमृत बेला
बिहान ८ः३७ बजेदेखि १०ः१८ बजेसम्म काल बेला
बिहान १०ः१८ बजेदेखि १२ः०० बजेसम्म शुभ बेला
मध्यान्हमा १२ः०० बजेदेखि १ः४१ बजेसम्म रोग बेला
दिनमा १ः४१ बजेदेखि ३ः२३ बजेसम्म उद्धेग बेला
दिनमा ३ः२३ बजेदेखि ५ः०४ बजेसम्म चर बेला
दिनमा ५ः०४ बजेदेखि ६ः४६ बजेसम्म लाभ बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः४६ बजेदेखि ८ः०४ बजेसम्म अमृत बेला
साँझ ८ः०४ बजेदेखि ९ः२३ बजेसम्म काल बेला
राति ९ः२३ बजेदेखि १०ः४१ बजेसम्म शुभ बेला
राति १०ः४१ बजेदेखि १२ः०० बजेसम्म रोग बेला
राति १२ः०० बजेदेखि १ः१८ बजेसम्म उद्धेग बेला
राति १ः१८ बजेदेखि २ः३६ बजेसम्म चर बेला
रातिमा २ः३६ बजेदेखि ३ः५५ बजेसम्म लाभ बेला
रातिमा ३ः५५ बजेदेखि ०५ः१३ बजेसम्म अमृत बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः मध्यान्हमा १२ः०० देखि १ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौँ, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.