Nidan Media

सुनको भाउ बढ्दा चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा साताको दोस्रो दिन सोमबार सुनको मूल्य सामान्य बढ्दा चाँदीको घटेको छ।

आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा आठ सय बढ्दा र चाँदीको २० रुपैयाँ घटेको हो । आइतबार भने सुनचाँदीको मूल्यमा भारी गिरावट आएको थियो ।

मूल्य बढेसँगै सोमबार छापावाला सुन प्रतितोला दुई लाख ९४ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि आइतबार सुनको भाउ प्रतितोला दुई लाख ९४ हजार रुपैयाँ रहेको थियो ।

यता, आइतबार प्रतितोला पाँच हजार ६० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ सोमबार घटेर पाँच हजार ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.