Nidan Media

सर्वसाधारणका लागि खुल्यो स्नो रिभर्सको आईपीओ

काठमाडौँ । स्नो रिभर्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले प्रतिकित्ता सय रुपैयाँ अंकित मूल्यका सात लाख ७८ हजार एक सय २५ कित्ता साधारण शेयर निष्काशन गरेको हो ।

यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि शेयर बाँडफाँट गरिसकिएको कम्पनीले जनाएको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आईपीओमा छिटोमा जेठ १ गतेसम्म र ढिलोमा जेठ १२ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले सञ्चालन गरिरहेको १३.५ मेगावाट क्षमताको सुपर काबेली खोला ‘ए’ जलविद्युत आयोजनाको कुल लागत करिब दुई अर्ब ७१ करोड रुपैयाँ छ ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सानीमा क्यापिटल लिमिटेड रहेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.