Nidan Media

सुकुमवासी बस्तीमा सेना लगाएर आतंक फैलाएको राईको आरोप, लिपुलेकमा सरकार मौन रहेको टिप्पणी

काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले नेपाली सेनाको दुरुपयोग गर्दै सुकुमवासी बस्तीमा आतंक फैलाएको आरोप लगाएका छन्।

सोमवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले चीन-भारतबीच लिपुलेक मार्ग हुँदै भइरहेको द्विपक्षीय व्यापारबारे सरकारले प्रभावकारी कूटनीतिक पहल गर्न नसकेको टिप्पणी गरे।

अध्यक्ष राईले सीमा सुरक्षामा खटिनुपर्ने नेपाली सेनालाई सुकुवासी बस्ती हटाउने काममा प्रयोग गरिएको भन्दै आपत्ति जनाए।

उनले गरिब सुकुवासीलाई बेघर बनाउने र आत्महत्यासम्म गर्न बाध्य बनाउने सरकार असफल भइसकेको दाबी गरे।

उनले “नेपाली सेनालाई सुरक्षाका लागि लिपुलेकतिर पठाइएको हो कि सुकुवासी बस्तीमा दादागिरी देखाउन ?” भन्दै प्रश्नसमेत उठाए। सेनाको प्रयोग गरेर गरिब नागरिकमाथि आतंक सिर्जना गरिएको आरोप लगाउँदै उनले सरकारसँग जवाफ माग गरे।

अध्यक्ष राईले सरकारले नागरिकको मौलिक हक उल्लंघन गरेको आरोप पनि लगाए।

संसद् बोलाउनुपर्ने अवस्थामा अध्यादेश ल्याइएको भन्दै उनले त्यसलाई जनमतको अपमानको संज्ञा दिए।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.