Nidan Media

सुनको भाउ घट्दा चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ। नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ।

आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा चार सय रुपैयाँ घट्दा चाँदीको ४० रुपैयाँ बढेको छ।

मूल्य घटेसँगै सोमबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ९८ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि आइतबार सुनको भाउ प्रतितोला दुई लाख ९८ हजार नौ सय रुपैयाँ रहेको थियो।

यता, आइतबार प्रतितोला पाँच हजार तीन सय रुपैयाँ रहेको असली चाँदीको भाउ सोमबार बढेर पाँच हजार तीन सय ४० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.