Nidan Media

सरकारले गरिब र श्रमजीवी वर्गमाथि सबैभन्दा बढी पीडा दिएको प्रचण्डको आरोप

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले गरिब र श्रमजीवी वर्गमाथि सबैभन्दा बढी पीडा दिएको आरोप लगाएका छन्।

आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले निमुखा र श्रमिक वर्गमाथि आघात पुर्याउने काम गरिरहेको दाबी गरे ।

उनले कम्युनिष्ट आन्दोलनले आफ्नो वर्गीय आधारलाई बलियो रूपमा समात्न नसक्दा कमजोरी देखिएको पनि स्वीकार गरे ।

दाहालले देशी-विदेशी प्रतिक्रियावादी शक्तिहरू नेपालका कम्युनिष्ट शक्तिलाई कमजोर पार्न सक्रिय रहेको आरोप लगाउँदै वर्गीय पक्षधरताको पक्षमा दृढतापूर्वक उभिनुपर्ने आवश्यकता औँल्याए ।

उनले कम्युनिष्टहरूबीचको एकताले मात्रै वर्ग संघर्षलाई बलियो बनाउन सकिने भन्दै सबै कम्युनिष्ट शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए ।

उनले भने, “अहिले सरकारको तर्फबाट सबैभन्दा गरिब र निमुखा वर्गमाथि नै बढी प्रहार भएको छ । वर्गीय आधारमाथि आक्रमण गरेर नेपालमा कम्युनिष्टलाई सिध्याउने प्रयास भइरहेको छ । त्यसकारण वर्ग संघर्षलाई माथि उठाउन सबै कम्युनिष्टबीच एकता आवश्यक छ ।”

पूर्वप्रधानमन्त्री दाहालले नेपाली जनताले अझै पनि कम्युनिष्ट शक्तिमाथि भरोसा गरिरहेको जिकिर गरे ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.