सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-६ वभनगामा टोलमा गएराति भएको आगलागीमा छ परिवारका १३ ओटा घर जलेर नष्ट भएका छन् ।
स्थानीय रामअवतार यादवको गाईगोठमा बालिएको घुरबाट सल्किएको आगोले उनका दुई घर र एउटा गाईगोठ जलेको प्रहरीले जनाएको छ ।
आगोले छिमेकी जुगाइ यादवका दुई घर र एउटा गोठ, अनील यादवका दुई घर र एउटा गोठ तथा योगिन्द्र यादव, राजकुमार यादव र धीरेन्द्र यादवका एक-एक घरसमेत पूर्ण रूपमा नष्ट भएको स्थानीय रामनाथ यादवले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट खाद्यान्न, लत्ताकपडा, गरगहना, फर्निचर तथा नगदसहित करिब ४५ लाख रुपैयाँभन्दा बढीको धनमाल नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ ।
हनुमाननगर कङ्कालिनी नगरपालिका र मधेस प्रदेश प्रहरी तालिम केन्द्र राजविराजबाट पुगेको दमकल तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।





