कालीकोट। कालीकोटमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ।
मृत्यु हुनेमा सान्नी त्रिवेणी गाउँपालिका वडा नं ३ का ५७ वर्षीय टीकाराम देवकोटा छन्।
मंगलबार साँझ बाख्रा चराएर घर फर्कने क्रममा विद्युतको पोलबाट झरेको तारबाट करेन्ट लागेर देवकोटाको मृत्यु भएको हो ।
विद्युतको राष्ट्रिय प्रसारण लाइन सडक खन्ने क्रममा चुँडिएर बाटोमा परेको बताइएको छ।
मृतकका आफन्तहरूले भने विद्युत् प्राधिकरणको लापर्बाहीको कारण ज्यान गएको बताएका छन्।





