Nidan Media

आज विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइँदै

काठमाडौँ । आज मे ३ तारिखका दिन विश्वभर प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

नेपालमा पनि पत्रकारिता क्षेत्रसँग सम्बन्धित संघसंस्थाहरूले विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइरहेका छन्।

स्वतन्त्र, निष्पक्ष र बहुलवादी प्रेसको महत्व उजागर गर्ने उद्देश्यले हरेक वर्ष यो दिवस मनाउने गरिन्छ।

‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी भएको दिनको सम्झनामा मे ३ लाई प्रेस स्वतन्त्रता दिवसका रूपमा स्थापित गरिएको हो।

सन् १९९३ मा युनेस्कोको पहलमा विन्डहक शहरमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार, पत्रकारिता प्राध्यापक र अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूको सहभागितामा उक्त घोषणापत्र जारी गरिएको थियो।

उक्त कार्यक्रम नामिबियामा सम्पन्न भएको थियो।

यस दिवसले प्रेस स्वतन्त्रताको संरक्षण, पत्रकारहरूको सुरक्षा तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार सुनिश्चित गर्न विश्वव्यापी रूपमा सचेतना फैलाउने लक्ष्य राखेको छ।

नेपालमा पनि प्रेस स्वतन्त्रताको अवस्था, चुनौती र सुधारका उपायबारे छलफल गर्दै दिवस मनाइँदै आएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.