Nidan Media

आज विश्व हाँसो दिवस मनाइँदै

काठमाडौँ । आज विश्व हाँसो दिवस नेपालमा पनि मनाइँदैछ । यो दिवस हरेक वर्ष मे महिनाको ४ तारिखमा मनाइन्छ ।

हाँसोका माध्यमबाट विश्व शान्तिमा सकारात्मक योगदान र भातृत्व तथा मित्रताको विश्वव्यापी चेतना फैलाउन यो दिवस मनाउने गरिएको हो ।

हाँसो दिवसले मानिसहरूलाई हाँस्न प्रोत्साहित गर्दै हाँसोको सामाजिक, मानसिक एवम् औषधीय महत्त्वलाई उजागर गर्दछ । विश्व हाँसो दिवसको शुरुआत भारतका डाक्टर मदन कडरियाको अवधारणानुसार सन् १९९८ मा भएको हो ।

हाँसो योगका पितामह भनिने कटरियाका अनुसार हाँसोले विश्वभरि स्वास्थ्य, आनन्द र शान्ति ल्याउँछ । उनका अनुसार शरीरले कृत्रिम र वास्तविक हाँसोबीच फरक छुट्याउन नसक्ने भएकोले कृत्रिम हाँसोले पनि शरीरलाई फाइदा पुर्‍याउँछ ।

हाँसोको सबैभन्दा ठूलो स्वास्थ्य लाभ तनाव हार्मोन कोर्टिसोलको स्तर घटाउनु हो । हाँस्दा अनुहारका १५ सहित शरीरका ६० भन्दा बढी मांसपेशी सक्रिय हुन्छन् र हाँस्दा इन्डोर्फिन्स नामक प्राकृतिक पेनकिलर रसायन निस्कन्छ ।

हाँसोले प्रतिरक्षा प्रणालीका कोषहरूको संख्या बढाउँछ र रक्तचाप घटाउँछ जसले हृदय रोगको जोखिम कम गर्छ । एक वैज्ञानिक अध्ययनानुसार हाँसोले दुई व्यक्तिबीच आकर्षण बढाउँछ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.