Nidan Media

द्वन्द्वग्रस्त विश्वलाई बुद्धको बाटो देखाउनुपर्छ: राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह-अस्तित्व र करुणामा आधारित बौद्ध दर्शनले विश्वलाई स्थायित्व, सहकार्य र आपसी विश्वासतर्फ डोर्याउन सक्ने बताएका छन्।

ललितपुरस्थित हिरण्यवर्ण महाविहारमा आयोजित तारेमाम् संघको हीरक महोत्सवलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गौतम बुद्ध का उपदेश आजको अशान्त विश्वमा झन् सान्दर्भिक बन्दै गएको बताएका हुन्।

उनले अहिंसा, मैत्री, करुणा र प्रज्ञामा आधारित बुद्धका सन्देशलाई व्यवहारमा रूपान्तरण गर्न सके मात्र दिगो शान्ति र समृद्धिको आधार तयार हुने स्पष्ट पारे।

वर्तमान विश्व द्वन्द्व, स्वार्थपरायणता, नैतिक मूल्यको ह्रास र असहिष्णुताबाट ग्रस्त रहेको उल्लेख गर्दै उनले यस्ता चुनौती समाधानका लागि बुद्धको मार्ग अपरिहार्य भएको बताए।

राष्ट्रपति पौडेलले बुद्धका उपदेशले मानव जातिलाई सुख, शान्ति र आनन्द प्रदान गर्ने भएकाले विश्वभर यसको प्रचार-प्रसार भइरहेको बताए।

शान्तिका प्रतीकका रूपमा सम्मानित बुद्धको जन्मभूमि नेपाल हुनु सम्पूर्ण नेपालीका लागि गर्वको विषय भएको उनले उल्लेख गरे।

उनले धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकता सुदृढ बनाउन बुद्धका शिक्षाबाट प्रेरणा लिनुपर्ने बताए।

राष्ट्रपतिले चतुआर्य सत्य, प्रतीत्यसमुत्पादआर्य अष्टाङ्गिक मार्ग जस्ता सिद्धान्तहरूले समग्र मानव जातिलाई दुःखबाट मुक्ति दिलाउने मार्ग देखाएको स्पष्ट पारे।

उनले बुद्धका प्रेरणादायी मार्गदर्शनलाई आत्मसात् गर्दै समाजमा सहिष्णुता, सद्भाव र सहकार्यको वातावरण निर्माण गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.