Nidan Media

श्रीबिष्णुको प्रिय दिनमा राशिफल

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः 

आजको पञ्चाङ्ग

मिति २०८३ वैशाख १७ गते बिहीबार, इस्वीसंवत अप्रिल ३० तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार वैशाखशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज वैशाखशुक्लपक्षको चतुर्दशी तिथि रातिमा ८ः४७ बजेसम्म त्यसपछि पूर्णिमा तिथि लाग्नेछ। नक्षत्रमा चित्रा रातिमा २ः०१ बजेसम्म त्यसपछि स्वाति नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा वरियान ३८ घटि ५१ पलासम्म त्यसपछि सिद्धि योग लाग्नेछ । करणमा गर रहनेछ । आनन्दादि योगमा चर रहनेछ ।

सूर्य मेष राशिमा, चन्द्रमा कन्या राशिमा रहनेछ । आज दिनमान ३२ घटि ५१ पला अर्थात १३ घण्टा ११ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ५ः२८ बजे रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः३६ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने साँझमा ५ः३२ बजे र अस्ताउने समय भोलि बिहान ४ः१५ बजे रहेको छ । आज नरसिंह जयन्ती परेको छ।

आजको राशिफल

मेषः आर्थिक दृष्टिकोणले आजको दिन मध्यम रहेकाले अनावश्यक ऋण लिनबाट जोगिनुपर्नेछ। विलासिताका वस्तुमा पनि खर्च बढ्न सक्छ। खानपानमा गडबडी हुँदा पेटसम्बन्धी समस्याले सताउनेछ । यात्रा गर्दा सावधानी अपनाउनुहोला। पुराना अधुरा कामहरूलाई पूर्णता दिनका लागि समय उपयक्त रहेको छ। पारिवारिक सम्बन्धमा मधुरता छाउनेछ भने सन्तानको प्रगतिले गौरव महसुस गराउनेछ। सामाजिक क्षेत्रमा तपाईँको मान–प्रतिष्ठा बढ्नेछ।

वृषः आज उधारो दिएको रकम फिर्ता आउन गाह्रो हुनेछ भने स्वास्थ्यमा केही मौसमी समस्या देखिन सक्छ,सतर्क हुनुहोला। आर्थिक कारोबारमा पनि सतर्क हुनुपर्नेछ । मानसिक तनावबाट टाढै रहनुहोला । तर नयाँ व्यावसायिक योजनाहरू बनाउनका लागि आजको दिन निकै उपयुक्त रहेको छ। प्रेमी जोडीहरूका लागि आजको दिन सुखद रहनेछ। विद्यार्थीहरूका लागि अध्ययनमा रुचि बढ्नेछ। नयाँ कुरा सिक्ने जिज्ञासाले गर्दा शैक्षिक क्षेत्रमा राम्रो प्रगति हुनेछ।

मिथुनः आज तपाईँको कार्यक्षमताको माथिल्लो निकायबाट प्रशंसा हुनेछ। सानो लगानीबाट ठूलो प्रतिफल मिल्ने योग छ। दाम्पत्य जीवनमा केही सामान्य मनमुटाव हुन सक्ने देखिएको छ। साना कुरालाई लिएर विवाद नगर्नु नै बुद्धिमानी हुनेछ। साथीभाइको सहयोगले नयाँ योजना सुरु गर्न सकिनेछ भने आर्थिक स्थितिमा सुधार आउनेछ। परिवारसँग छोटो दुरीको यात्रा तय हुन सक्नेछ। कार्यक्षेत्रमा सहकमीसँगको सम्बन्ध सुधार भएर जानेछ।

कर्कटः आजको दिन निकै सफल रहनेछ। व्यवसायमा नयाँ रणनीतिको प्रयोग गर्दा लाभ हुनेछ। सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ। समाजका प्रतिष्ठित व्यक्तिसँगको उठबसले भविष्यका लागि नयाँ बाटो खुल्नेछ। दिनभरि काममा  सक्रिय रहँदा मानसिक स्फूर्ति बढ्नेछ। भ्रमण वा छोटो यात्राको योग देखिएको छ। पारिवारिक वातावरण शान्त र सुखमय रहनेछ। सन्तानको प्रगतिले गर्दा मनमा हर्ष छाउनेछ। स्वास्थ्यमा पनि सुधार आउने र आत्मविश्वासमा वृद्धि हुनेछ।

सिंहः आज आम्दानीका स्रोतहरू बढ्नेछन्। कार्यक्षेत्रमा तपाईंको वर्चस्व कायम रहनेछ। आफ्नो कार्यक्षमता प्रदर्शन गर्ने यो उचित समय पनि रहेको छ। घरमा कुनै रमाइलो उत्सव वा पार्टीको आयोजना हुन सक्छ। मित्रताको घेरा फराकिलो बन्नेछ। आज स्वास्थ्यमा कुनै ठूलो समस्या देखिँदैन। सकारात्मक सोचले दिनलाई अझ राम्रो बनाउनेछ। जग्गा-जमिन वा सम्पत्ति सम्बन्धी कारोबारबाट फाइदा हुनेछ। लामो समयदेखिको दाजुभाइबीचको तनाव आज अन्त्य हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।

कन्याः आज पारिवारिक जीवनमा खुसीयाली छाउनेछ। दाजुभाइ वा दिदीबहिनीसँगको सम्बन्ध सुमधुर हुनेछ। विद्यार्थीहरूका लागि आजको दिन उत्कृष्ट रहेको छ। पठनपाठनमा ध्यान केन्द्रित हुनेछ र परीक्षाको नतिजा सकारात्मक आउनेछ। स्वास्थ्यमा ताजगी महसुस हुनेछ। परोपकारी कार्यमा समय व्यतित गर्दा मनलाई आनन्द मिल्नेछ। तपाईंले आफ्नो कार्य कुशलताले सबैको मन जित्न सफल हुनेछ। जटिल भनिएका कामहरू पनि सजिलै सम्पन्न हुनेछन।

तुलाः आज सामाजिक काममा तपाईंको सक्रियता बढ्नेछ। कसैलाई मद्दत गर्दा तपाईंलाई आत्मसन्तुष्टि मिल्नेछ। तर अरूको मामिलामा धेरै चासो नदिँदा राम्रो हुनेछ अन्यथा तपाईं नै समस्यामा पर्न सक्नुहुनेछ। पारिवारिक वातावरणमा केही खिचातानी हुन सक्छ। पुराना साथीको सल्लाहले तपाईंको समस्या समाधान गर्न मद्दत गर्नेछ। आफ्नो योजनाहरूलाई गोप्य राखेर काम गर्नुहोला । मौसमी रोगको संक्रमणबाट बच्न सतर्कता अपनाउन सकेमा राम्रो हुनेछ ।

वृश्चिकः आज नयाँ परियोजनाको जिम्मेवारी मिल्न सक्छ । जसले तपाईंको करियरमा नयाँ उचाइ प्रदान गर्नेछ। कुनै धार्मिक यात्रा जाने योजना बन्न सक्छ। स्वास्थ्य पनि राम्रो रहनेछ। मानसिक रूपमा तपाईं निकै बलियो महसुस गर्नुहुनेछ। प्रेम र सम्बन्धका लागि विशेष दिन रहने छ भने प्रेमी–प्रेमिका बीचको असमझ्दारी हटेर जानेछ। व्यापार र व्यवसायमा नयाँ अवसरहरू प्राप्त हुनेछन्। कार्यक्षेत्रमा तपाईंको मेहनतको उच्च मूल्याङ्कन हुनेछ। सहकर्मीहरूले तपाईंको काममा पूर्ण सहयोग गर्नेछन्।

धनुः आजको दिन काममा सावधानी अपनाउनुपर्ने देखिएको समय छ। काममा अलि धेरै मेहनत गर्नुपर्नेछ तर नतिजा भने सोचे जस्तो आउने छैन । अरूको भर पर्दा धोका हुन सक्छ, त्यसैले आफ्नै बलबुतामा काम गर्नुहोला। आर्थिक दृष्टिले खर्चमा वृद्धि हुनेछ । पारिवारिक सदस्यहरूसँगको सम्बन्धमा केही चिसोपन आउन सक्छ। विद्यार्थी वर्गका लागि एकाग्रतामा कमी आउन सक्छ। स्वास्थ्यमा पनि समस्या आउन सक्छ। कुनै पनि महत्वपूर्ण निर्णय लिनु अघि सोच विचार गर्नुहोला ।

मकरः आजको दिन विशेष लाभदायी रहनेछ। आर्थिक पक्ष सबल हुनाले बचत गर्ने योजना बनाउन सकिनेछ। सामाजिक सेवामा रुचि बढ्नेछ। असहाय वा दुःखीलाई सहयोग गर्दा तपाईंको मानसम्मानमा वृद्धि हुनेछ। नयाँ मानिसहरूसँगको परिचयले भविष्यका लागि मार्गप्रशस्त गर्नेछ। पारिवारिक जीवन सन्तुलित रहनेछ। जीवनसाथीको सहयोगले कार्यक्षेत्रमा पनि राम्रो नतिजा हात लाग्नेछ। स्वास्थ्य अवस्था उत्तम रहनेछ। शरीरमा नयाँ ऊर्जा महसुस हुनाले कठिन कामहरू पनि सहजै सम्पन्न हुनेछन्।

कुम्भः आज स्वास्थ्य राम्रो रहनेछ। पुरानो रोगबाट मुक्ति मिल्नेछ। व्यापारमा राम्रो मुनाफा आर्जन हुनेछ। साझेदारीमा गरिएको लगानीले सन्तोषजनक फल दिनेछ। पारिवारिक वातावरण निकै रमाइलो र सौहार्दपूर्ण रहनेछ। आफन्त र इष्टमित्रसँगको भेटघाटले मन प्रशन्न रहनेछ। घरमा खुसीको माहोल रहनेछ। प्रेम जीवनमा सुधार आउनेछ। प्रेमीसँगको सम्बन्धमा निकटता बढ्नेछ। आज गरिने बैदेशिक यात्राले तपाईंको भविष्यको ढोका खोल्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ ।

मीनः आजको दिन भावनात्मक र सुखद् रहनेछ। आर्थिक दृष्टिले दिन मध्यम छ। आम्दानी राम्रो भए पनि खर्च पनि उत्तिकै हुने देखिन्छ। कार्यक्षेत्रमा सानातिना समस्याहरू आउन सक्छन् तर ती समस्यालाई सजिलै हल गर्न सक्नुहुनेछ। सहकर्मीहरूको व्यवहार सहयोगी रहनेछ। पारिवारिक जीवनमा आपसी सहयोग र प्रेम कायम रहनेछ। स्वास्थ्यमा सामान्य उतारचढाव आउन सक्छ। चिसो वा मौसमी समस्याले सताउन सक्छ, त्यसैले सावधानी अपनाउनुहोला।

साइत (यात्रा): सूर्य मेष राशिमा, चन्द्रमा कन्या राशिमा रहनेछ । त्यसैले पूर्वबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बिहीबार परेकाले दक्षिणतर्फको यात्रा गर्दै नगर्नुहोला । आज दक्षिण, उत्तर र पश्चिमतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः२६ बजेदेखि ७ः०५ बजेसम्म शुभ बेला
बिहान ७ः०५ बजेदेखि ८ः४३ बजेसम्म रोग बेला
बिहान ८ः४३ बजेदेखि १०ः२२ बजेसम्म उद्धेग बेला
बिहान १०ः२२ बजेदेखि १२ः०१ बजेसम्म चर बेला
मध्यान्हमा १२ः०१ बजेदेखि १ः४० बजेसम्म लाभ बेला
दिनमा १ः४० बजेदेखि ३ः१८ बजेसम्म अमृत बेला
दिनमा ३ः१८ बजेदेखि ४ः५७ बजेसम्म काल बेला
दिनमा ४ः५७ बजेदेखि ६ः३६ बजेसम्म शुभ बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः३६ बजेदेखि ७ः५७ बजेसम्म रोग बेला
साँझ ७ः५७ बजेदेखि ९ः१८ बजेसम्म उद्धेग बेला
राति ९ः१८ बजेदेखि १०ः३९ बजेसम्म चर बेला
राति १०ः३९ बजेदेखि १२ः०० बजेसम्म लाभ बेला
राति १२ः०० बजेदेखि १ः२२ बजेसम्म अमृत बेला
राति १ः२२ बजेदेखि २ः४३ बजेसम्म काल बेला
रातिमा २ः४३ बजेदेखि ४ः०४ बजेसम्म शुभ बेला
रातिमा ४ः०४ बजेदेखि ०५ः२५ बजेसम्म रोग बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा १ः३० देखि ३ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौँ, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.