Nidan Media

तोलामा तीन हजारले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको भाउमा गिरावट आएको छ।

मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा तीन हजार र चाँदीको ३० रुपैयाँ घटेको हो ।

मंगलबार पनि सुनको भाउ तोलामा तीन हजार र चाँदीको सय रुपैयाँ घटेको थियो ।

मूल्य घटेसँगै बुधबार छापावाला सुन प्रतितोला दुई लाख ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।

यसअघि मंगलबार छापावाला सुन प्रतितोला दुई लाख ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार १० ग्राम सुनको मूल्य दुई लाख ५२ हजार चारसय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

यता, मंगलबार प्रतितोला चार हजार नौ सय ४५ रुपैयाँ कारोबार भएको असली चाँदीको भाउ बुधबार घटेर चार हजार नौ सय १५ रुपैयाँ कायम भएको छ।

बुधबार १० ग्राम चाँदीको मूल्य चार हजार दुई सय १४ रुपैयाँ कायम गरिएको महासंघले छ।

सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.