Nidan Media

सेनालाई सुकुमवासीको लगत नदिन हर्कराज राईको आग्रह

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले नेपाली सेनालाई सुकुम्बासीको लगत उपलब्ध नगराउन स्थानीय पालिकाहरूलाई अनुरोध गरेका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले नेपाली सेना सुकुम्बासीको लगत संकलन गर्ने निकाय नभएको भन्दै यस्तो मागलाई गलत अभ्यासको रूपमा व्याख्या गरेका छन् ।

राईले लेखेका छन्, ‘सेनाले मागेको सुकुम्बासीको लगत कुनै पनि पालिकाले नदिनु होला । सुकुम्बासीको लगत माग्ने निकाय होइन सेना र प्रहरी । यो सरासर गलत हो, आतंक सिर्जना गर्न खोजिएको हो ।’

उनको उक्त अभिव्यक्तिले सामाजिक सञ्जालमा थप बहस निम्त्याएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.