काठमाडौँ। आज अन्तर्राष्ट्रिय नृत्य दिवस संसारभर विविध कार्यक्रम गरी मनाइँदै छ ।
यो दिवस सन् १९८२ देखि यूनेस्कोको सहयोगी एनजीओ अन्तर्राष्टिय नृत्य परिषद्को पहलमा मनाउन थालिएको हो । त्यसयता हरेक वर्ष २९ अप्रिलमा नृत्य दिवस मनाउने गरिएको छ ।
यस दिन अर्थात २९ अप्रिल जिन जर्जस् नोभेरेको जन्मदिन हो, जसलाई आधुनिक ब्याले नृत्यको निर्माता मानिन्छ ।
दिवसका अवसरमा जनमानसमा नृत्यको महत्व बुझाउने प्रयास गरिन्छ ।
हिजोआज शैक्षिक प्रणालीदेखि सबै क्षेत्रमा नृत्यलाई उचित स्थान प्रदान गरिनुपर्ने आवाज बुलन्द बन्दै गएको छ ।
रंगकर्ममा त नृत्यको खास महत्त्व छ नै, अन्य विभिन्न उद्देश्यले आयोजना गरिने कार्यक्रममा समेत नृत्यलाई महत्त्वपूर्ण हिस्साका रूपमा समावेश गर्न थालिएको छ ।
विभिन्न चाडपर्व, विवाह भोज, जन्मदिनका अवसरमा नृत्य कार्यक्रम बिना पूर्ण नहुने मान्यता सामान्यजस्तो बनेको छ।
राजनीतिक आमसभामा समेत भीड जम्मा गर्न नृत्यका कार्यक्रम राखिने गरेको छ ।




