Nidan Media

मन्त्रीको निर्देशनमा दुरुपयोग भएका सवारी साधन फिर्ता, कानूनअनुसार प्रयोग गरिने

काठमाडौँ । स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्रालयले मातहतका निकायहरूमा दुरुपयोग गरिएका सवारी साधन मन्त्रालयमा फिर्ता ल्याउन थालेको छ ।

दुरुपयोग भएका सबै सरकारी गाडी तत्काल मन्त्रालयमा ल्याउन मन्त्री निशा मेहताले निर्देशन दिएपछि उक्त प्रक्रिया शुरू गरिएको हो ।

सुविधा नपाउने कर्मचारीहरूले समेत विभिन्न बहानामा सरकारी सवारी साधन प्रयोग गर्दै आएको उजुरीपछि मन्त्री मेहताले कडाइ गर्न निर्देशन दिएकी थिइन् ।

फिर्ता ल्याइएका सवारी साधन हाल मन्त्रालयमै राखिएको छ । ती गाडीहरू आवश्यकताका आधारमा कानूनअनुसार मात्र प्रयोग गरिने मन्त्रालयले जनाएको छ ।

कानूनअनुसार सहसचिव र सोभन्दा माथिका पदाधिकारीहरूले मात्रै सरकारी सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.