सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः
आजको पञ्चाङ्ग
मिति २०८३ वैशाख १४ गते सोमबार, इस्वीसंवत अप्रिल २७ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार वैशाखशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज वैशाखशुक्लपक्षको एकादशी तिथि साँझमा ८ः१३ बजेसम्म त्यसपछि द्धादशी तिथि लाग्नेछ। नक्षत्रमा पूर्वाफाल्गुनी रातिमा ११ः१४ बजेसम्म त्यसपछि उत्तराफाल्गुनी नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा ध्रुव ६ घटि ३१ पलासम्म त्यसपछि व्याघात योग लाग्नेछ । करणमा वणिज रहनेछ । आनन्दादि योगमा ध्वज रहनेछ ।
सूर्य मेष राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । आज दिनमान ३२ घटि ४१ पला अर्थात १३ घण्टा ०६ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ५ः३० बजे मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः३४ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने दिनमा २ः४५ बजे र अस्ताउने समय रातिमा २ः४७ बजे रहेको छ । आज मोहिनी एकादशी व्रत गर्ने दिन रहेको छ।
आजको राशिफल
मेषः आजको दिनमा नयाँ सम्भावनाहरूको ढोका खोल्नेछ । तपाईंभित्रको नेतृत्व क्षमता प्रस्फुटन हुनेछ । कार्यक्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त हुने योग रहेको छ। कुनै पनि काम गर्दा हतार नगरी धैर्यता अपनाउन आवश्यक छ । आमा वा परिवारका महिला सदस्यको सहयोगले तपाईंको कुनै जटिल समस्या समाधान हुनेछ, जसले गर्दा मनमा शान्ति मिल्नेछ। स्वास्थ्यको दृष्टिकोणले निकै राम्रो रहनेछ । आज नयाँ काम शुरुवात नगरी पूरानै काममा ध्यान दिनुभएमा निकै राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ ।
वृषः आज तपाईंको भौतिक सुख र विलासितामा वृद्धि हुनेछ। आम्दानीका नयाँ मार्गहरू फेला पर्नेछन्। व्यापारमा सोचेभन्दा बढी धन लाभ हुने योग रहेको छ। कुनै महत्वपूर्ण निर्णयमा मातापिताको पूर्ण समर्थन रहनेछ। आफ्नो साथीको भावनालाई कदर गर्दा सम्बन्ध झन् बलियो हुनेछ। प्रेमी-प्रेमिका बीच आज सुखद् यात्राको योजना बन्न सक्नेछ। स्वास्थ्य राम्रो रहनेछ। समाजमा तपाईंको मान-प्रतिष्ठा बढ्नेछ । नयाँ मानिसहरूसँगको सम्पर्कले भविष्यमा फाइदा पुग्नेछ ग्रहगोचर रहेको छ ।
मिथुनः आज फजुल खर्च बढ्नाले पछि समस्या हुन सक्छ। नयाँ व्यवसायमा लगानीका लागि आजको दिन मध्यम रहको छ । ठूलो रकम लगानी गर्नुअघि विज्ञको सल्लाह लिँदा राम्रो हुनेछ । तपाईंको बोलीको कारण पारिवारिक सम्बन्धमा केही खटपट हुन सक्नेछ। अनिद्राको समस्याले टाउको दुखाइ हुन सक्छ। धेरै सोच्ने र चिन्ता लिने बानीले मानसिक तनाव बढाउन सक्नेछ। साथीभाइको सहयोगले कुनै कठिन कार्य सहजै सम्पन्न हुनेछ। आर्थिक मामलामा आज खर्च गर्दा विशेष सावधानी अपनाउनुहोला।
कर्कटः आज सरकारी काम वा ठेक्कापट्टामा संलग्न व्यक्तिलाई महत्वपूर्ण सफलता मिल्नेछ। पारिवारिक जीवनमा आमाको पूर्ण सहयोग प्राप्त हुनेछ। घरको वातावरणलाई सकारात्मक बनाउन तपाईंले विशेष भूमिका खेल्नुपर्ने देखिन्छ । आजबाट दाजुभाइ वा आफन्तसँगको पुरानो रिसराग मेटिनेछ । प्रेम सम्बन्धमा गहिरो लगाव र विश्वास बढ्नेछ। तर स्वास्थ्यमा केही मौसमी समस्या देखिन सक्छ। रुघाखोकी वा छातीमा सामान्य समस्या हुन सक्नेछ। आर्थिक लाभका दृष्टिले आजको दिन फलदायी रहने छ।
सिंहः आजको दिन आर्थिक रूपमा निकै उन्नतिशील रहने छ। व्यापारमा नयाँ रणनीतिको प्रयोग गर्दा आम्दानी दोब्बर हुने सम्भावना छ। पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ । बुवा वा गुरुको मार्गदर्शनले कुनै पनि संकटबाट सजिलै पार पाउन सकिनेछ। प्रेम जीवनमा आफ्नो अहंकारलाई त्यागेर अघि बढ्नुहोला। धेरै शारीरिक परिश्रम गर्नेहरूले आराममा पनि ध्यान दिनुहोला। तपाईंको कार्यशैलीले सहकर्मी र उच्च अधिकारीहरू प्रभावित हुनेछन्। नयाँ कामको थालनी गर्नका लागि आजको दिन शुभ रहनेछ।
कन्याः आजको दिन नयाँ व्यावसायिक साझेदारीका लागि निकै उपयुक्त रहेको छ। पारिवारिक सम्बन्धमा सुधार आउने संकेत देखिन्छ। विगतका असमझदारीहरू हटेर घरमा शान्तिको वातावरण बन्नेछ। आफ्ना साथीको सानो सहयोगले पनि ठूलो आत्मबल बढ्नेछ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ। योग र प्राकृतिक उपचारले स्वास्थ्यमा राम्रो सुधार ल्याउनेछ। तपाईंको काम गर्ने शैलीको उच्च मूल्याङ्कन हुनेछ। विगतका अधुरा कामहरू आज पूर्ण हुनेछन्, जसले गर्दा मनमा ठूलो राहत महसुस हुनेछ।
तुलाः आज कार्यक्षेत्रमा कामको चापले गर्दा केही दबाब महसुस हुन सक्छ। नसोचेको खर्चले गर्दा बचतमा असर पर्न सक्छ। लगानी गर्दा निकै होसियारी अपनाउनुहोला। कुनै महत्वपूर्ण निर्णय लिँदा घरमा सल्लाह गर्दा निकै फलदायी हुनेछ। सन्तानको प्रगतिले तपाईंको मान-प्रतिष्ठा बढ्नेछ। स्वास्थ्यका दृष्टिले पेट सम्बन्धी समस्याले सताउन सक्छ । ध्यान र आरामले मानसिक र शारीरिक थकान मेटाउन मद्दत गर्नेछ। आज धार्मिक यात्रा गर्दा या भोका व्यक्तिलाई खानेकुरा दिँदा तपाईंको मनमा शान्ति छाउनेछ।
वृश्चिकः आजको दिन निकै प्रभावशाली र रहस्यमयी रहनेछ। आर्थिक लाभका दृष्टिले पनि निकै उत्तम छ। व्यापारमा नयाँ सम्झौता हुन सक्छ, जसले भविष्यमा तपाईंको आर्थिक स्थितिलाई मजबुत बनाउनेछ। काममा गोपनीयता कायम राख्न आवश्यक छ। आमा वा परिवारका ज्येष्ठ सदस्यको आशिर्वादले कठिन काम सहजै बन्नेछ। प्रेम सम्बन्धमा गहिराइ र समर्पण भाव बढ्नेछ। आफ्नो साथीप्रति पूर्ण विश्वास राख्दा सम्बन्धमा स्थिरता आउनेछ। आज सवारी चलाउँदा वा हिँडडुल गर्दा सावधानी अपनाउनुहोला।
धनुः आज लामो दुरीको यात्रा हुन सक्नेछ । वैदेशिक अध्ययनका लागि गरिएका प्रयास सफल हुनेछ । आर्थिक दृष्टिकोणले आजको दिन निकै सबल रहने छ। लगानीका नयाँ अवसर प्राप्त हुनेछन् । बुबा वा गुरुको सल्लाहले ठूलो मानसिक बोझ हट्नेछ, जसले गर्दा दिनभर मन प्रशन्न रहनेछ। आफ्ना साथीसँग धार्मिक वा पर्यटकीय क्षेत्रको भ्रमण गर्ने अवसर मिल्नेछ। स्वास्थ्य राम्रो रहनेछ तर खानपानमा भने विशेष ध्यान दिनुहोला। तर आज ऋण लिने काम नगर्दा राम्रो हुने ज्यातिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ।
मकरः आज वरिष्ठ अधिकारीहरूबाट सहयोग र सहानुभूति मिल्नेछ । जसले गर्दा काममा नयाँ जोस र जाँगर थपिनेछ। आर्थिक रूपमा दिन मध्यम रहनेछ। पारिवारिक जीवनमा केही उत्तरदायित्वहरू थपिन सक्नेछ भने जीवनसाथीसँगको सम्बन्धमा केही गम्भीरता आउन सक्छ । लामो समयदेखिको प्रेम सम्बन्ध विवाहमा परिणत हुनेछ। आजको दिन कर्म प्रधान रहनेछ भने तपाईंको लगनशीलताले कार्यक्षेत्रमा नयाँ उदाहरण पेश गर्नेछ। स्वास्थ्यको सम्बन्धमा शरीर भारी हुन सक्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ ।
कुम्भः आज समाजसेवा वा सामूहिक काममा लागेमा सफलता मिल्नेछ। प्राविधिक क्षेत्रमा लगानी गर्नेहरूलाई आजको दिनले राम्रो प्रतिफल दिनेछ। नयाँ व्यावसायिक योजनाले मूर्त रूप पाउने सम्भावना छ। तर लगानीका विषयमा पारिवारमा केही वैचारिक मतभेद हुन सक्छ। साथीभाइसँगको भेटघाटले मानसिक थकान मेटाउनेछ। प्रेम जीवनमा केही रोचक मोड आउनेछ। स्वास्थ्य राम्रो रहनेछ। तर, मुटुसम्बन्धी समस्या भएकाहरूले तनाव नियन्त्रण गर्न आवश्यक छ। आज नयाँ मानिसहरूसँग सम्पर्क बढ्ने योग देखिन्छ।
मीनः आज आर्थिक रूपमा दिन राम्रो रहनेछ। दान-पुण्यमा धन खर्च भए पनि तपाईंलाई आत्मिक सुख दिनेछ। पारिवारिक जीवनमा आपसी प्रेम र सद्भाव बढ्नेछ। टाढाका आफन्तबाट उपहार प्राप्त हुनेछ। स्वास्थ्यका दृष्टिकोणले खुट्टाको दुखाइ र शारीरिक थकान महसुस हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। कृषिमा कामको चाप बढे पनि प्रशस्त धन आर्जन हुनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। तर आज सकेसम्म ढाटाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।
साइत (यात्रा): सूर्य मेष राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । त्यसैले उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज सोमबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व, पश्चिम र दक्षिणतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ५ः३८ बजेदेखि ७ः१४ बजेसम्म अमृत बेला
बिहान ७ः१४ बजेदेखि ८ः५१ बजेसम्म काल बेला
बिहान ८ः५१ बजेदेखि १०ः२७ बजेसम्म शुभ बेला
बिहान १०ः२७ बजेदेखि १२ः०३ बजेसम्म रोग बेला
मध्यान्हमा १२ः०३ बजेदेखि १ः४० बजेसम्म उद्धेग बेला
दिनमा १ः४० बजेदेखि ३ः१६ बजेसम्म चर बेला
दिनमा ३ः१६ बजेदेखि ४ः५२ बजेसम्म लाभ बेला
दिनमा ४ः५२ बजेदेखि ६ः२८ बजेसम्म अमृत बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ६ः२८ बजेदेखि ७ः५२ बजेसम्म काल बेला
साँझ ७ः५२ बजेदेखि ९ः१६ बजेसम्म शुभ बेला
राति ९ः१६ बजेदेखि १०ः३९ बजेसम्म रोग बेला
राति १०ः३९ बजेदेखि १२ः०३ बजेसम्म उद्धेग बेला
राति १२ः०३ बजेदेखि १ः२६ बजेसम्म चर बेला
राति १ः२६ बजेदेखि २ः५० बजेसम्म लाभ बेला
रातिमा २ः५० बजेदेखि ४ः१४ बजेसम्म अमृत बेला
रातिमा ४ः१४ बजेदेखि ०५ः३७ बजेसम्म काल बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः बिहानमा ७ः३० देखि ९ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौँ, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।





