Nidan Media

तोलामा १८ सय घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ। नेपाली बजारमा बिहीबार सुनचाँदीको भाउ घटेको छ। बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा एक हजार आठ सय र चाँदीको एक सय १० रुपैयाँ घटेको हो।

मूल्य घटेसँगै बिहीबार छापावाला सुन प्रतितोला दुई लाख ९८ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि बुधबार सुनको भाउ प्रतितोला तीन लाख पाँच सय रुपैया रहेको थियो ।

यता, बुधबार प्रतितोला पाँच हजार एक सय ३० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बिहीबार घटेर प्रतितोला पाँच हजार २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । माघ १५ गते सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव तथा माग–आपूर्तिको अवस्थाले स्थानीय बजारमा मूल्य घटबढ हुने गरेको बजार विश्लेषकहरूको दाबी छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.