Nidan Media

पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको सफल शल्यक्रिया

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीको पित्तथैलीमा देखिएको पत्थरीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल मा चिकित्सकहरूको टोलीले पूर्वनिर्धारित समयअनुसार शल्यक्रिया गरेको हो।

चिकित्सकहरूका अनुसार उनको पित्तथैलीबाट करिब २२ एमएम आकारको ढुंगा सफलतापूर्वक निकालिएको छ।

यसअघि चैत १४ गते भक्तपुरको गुण्डूस्थित निवासबाट पक्राउ परेका ओलीमा स्वास्थ्य समस्या देखिएपछि सोही दिन बिहान अस्पताल भर्ना गरिएको थियो।

अस्पताल स्रोतका अनुसार हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ र चिकित्सकको निगरानीमा राखिएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.