Nidan Media

प्रधानमन्त्री साहसहित सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साह बालेनसहित बालेन सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । आइतबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री बालेनसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

बालेनले सार्वजनिक गरेको आफ्नो सम्पत्ति अथाह रहेको देखाइएको छ । बालेनले सामाजिक सञ्जालबाट मात्रै एक करोडभन्दा बढी आर्जन गरेको विवरण पेस गरेका छन् । उनले फेसबुक, युट्युब, टिकटक, स्पोटिफाइ र आईट्युन्सबाट उक्त आर्जन गरेको उल्लेख गरेका छन् ।

उनकी श्रीमतीसँग १९० तोला बराबर सुनचाँदी रहेको विवरण उपलब्ध गराएका छन् । यसलाई पैतृक सम्पत्ति भनी उल्लेख गरिएको छ ।

बालेनले महोत्तरीमा पैतृक सम्पत्ति अन्तर्गत नौ बिघा जग्गा रहेको विवरण पेश गरेका छन् । उनले धनुषामा १.२ बिघा जग्गा रहेको उल्लेख गरेका छन् भने काठमाडौँमा ५ आना जग्गा देखाएका छन् ।

त्यसैगरी दोस्रो वरियतामा रहेका अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ललितपुर, काभ्रे, सानेपा र बन्दीपुरमा घर तथा अपार्टमेन्ट रहेको सम्पत्ति विवरण पेस छन् ।

उनले सबै घर तथा अपार्टमेन्ट १२ करोड ७५ लाख रुपैयाँमा खरिद गरेकोसमेत सार्वजनिक गरेका छन् ।

त्यसैगरी गृहमन्त्री सुधन गुरुङले बुझाएको सम्पत्ति विवरणमा चितवन, गोरखा र धनकुटामा जग्गा रहेको उल्लेख रहेको छ ।

चितवनमा ३० कट्ठा, गोरखामा २२१ रोपनी र धनकुटामा १९ रोपनी जग्गा रहेको विवरणमा उल्लेख छ ।

उनीसँग सुन ८९ तोला र चाँदी ६ किलो रहेको विवरण सार्वजनिक गरेका छन् । साथै विभिन्न बैंकमा रहेको रकम पनि सुधनले उल्लेख गरेका छन् ।

गत चैत १३ गते बालेन सरकारले पद तथा गोपनियताको शपथ लिएपछि तत्काल सम्पत्ति विवरण सार्वजनिक नभएको भन्दै आलोचना हुँदै आएको थियो ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश भएका विवरण सरकारले सार्वजनिक गरेको हो ।

यद्यपि यसअघिको सरकारका मन्त्रिपरिषद् सदस्यहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका थिएनन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.