Nidan Media

भिरबाट लडेर एक महिलाको मृत्यु

काठमाडौँ। मकवानपुरमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका-१४ नयाँबस्तीटोलकी ३५ वर्षीया सन्तोषी वाइवा छन्।

शनिबार बिहान ९ बजे घाँस काट्न जाने भन्दै घरबाट निस्किएकी उनी अबेरसम्म नफर्किएपछि परिवारजनले खोजी शुरू गरेका थिए ।

खोजतलासका क्रममा माइती घरदेखि करिब २०० मिटर दक्षिणतर्फ रहेको खहरे खोला नजिकको सिमलटार क्षेत्रको भिरबाट करिब ५०-६० मिटर तल गम्भीर घाइते अवस्थामा फेला परेकी थिइन् ।

घाइते अवस्थामा फेला परेपछि उनलाई तत्काल उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो ।

तर, दिउँसो १२ः४० बजे अस्पतालमा पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.