Nidan Media

तनहुँमा टोयटा गाडीले स्कुटरलाई ठक्कर दिँदा दुईको मृत्यु

तनहुँ । तनहुँमा शनिबार सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

मृतकको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक अमृत लामिछानेले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएकामध्ये एक जनाको गण्डकी मेडिकल कलेज पोखरामा र एक जनाको तनहुँ सेवा अस्पताल दुलेगौँडामा उपचारकै क्रममा ज्यान गएको हो।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा११च ७३६५ नम्बरको टोयोटा गाडीले ग१९प २९८८ नम्बरको स्कुटरलाई शुक्लागण्डकी नगरपालिका वडा २ गाछेपानीमा ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार टोयोटा गाडीले डिभाइडर नै नाघेर आफ्नै लेनबाट जाँदै गरेको स्कुटरमा ठक्कर दिएको थियो।

गाडी चालकलाई नियन्त्रणमा लिएको दुर्घटना हुनुको कारणबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.