Nidan Media

गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण

काठमाडौँ । सरकारले गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ।

कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरण मन्त्री गीता चौधरीको पहल तथा सक्रियतामा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य तोकिएको हो।

चालु आर्थिक वर्षका लागि गहुँको मूल्य प्रतिक्विन्टल तीन हजार नौ सय ४५ रुपैयाँ र चैते धानको प्रतिक्विन्टल दुई हजार आठ सय ५६ रुपैयाँ ४९ पैसा निर्धारण गरिएको छ।

उक्त मूल्य १८ प्रतिशत चिस्यान भएको चैते धानका लागि लागू हुने जनाइएको छ। १८ प्रतिशतभन्दा बढी चिस्यान भएमा प्रतिक्विन्टल एक किलो दुई सय ग्रामका दरले तौल घटाई मूल्य कायम गरिने व्यवस्था गरिएको छ।

गत वर्षको तुलनामा गहुँको मूल्य प्रतिक्विन्टल ७७ रुपैयाँ ६२ पैसा र चैते धानको मूल्य प्रतिक्विन्टल ५५ रुपैयाँ ८ पैसा वृद्धि गरिएको हो।

अघिल्लो आर्थिक वर्षमा गहुँको मूल्य प्रतिक्विन्टल तीन हजार आठ सय ६७ रुपैयाँ ३८ पैसा र चैते धानको प्रतिक्विन्टल दुई हजार आठ सय रुपैयाँ ६९ पैसा कायम गरिएको थियो।

सरकारले किसानलाई उचित मूल्य सुनिश्चित गर्न तथा उत्पादन वृद्धि प्रोत्साहन गर्न न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै आएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.