Nidan Media

आईपीएल : राजस्थानको लगातार चौथो जित, बेंगलुरु ६ विकेटले पराजित

काठमाडौँ । भारतको प्रमुख ट्वान्टी-२० क्रिकेट प्रतियोगितामा राजस्थान टोलीले लगातार चौथो जित दर्ता गरेको छ।

शुक्रबार गुवाहाटीस्थित बरसापारा क्रिकेट मैदानमा भएको खेलमा बेंगलुरु टोलीलाई ६ विकेटले पराजित गर्दै राजस्थानले अंक तालिकामा आफ्नो स्थिति बलियो बनाएको हो।

२ सय २ रनको लक्ष्य पछ्याएको राजस्थानले १८ ओभरमै ४ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

ध्रुव जुरेलले ८१ रनको उत्कृष्ट पारी खेले भने वैभव सूर्यवंशीले ७८ रन जोडे। रविन्द्र जडेजाले २४ रन थपे।

यसअघि पहिले ब्याटिङ गरेको बेंगलुरुले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०१ रन बनाएको थियो।

रजत पाटिदारले ६३ रन बनाए भने विराट कोहलीले ३२ रन र वेंकटेश अय्यरले २९ रन जोडे।

यस जितसँगै राजस्थान ४ खेलबाट ८ अंकसहित शीर्ष स्थानमा पुगेको छ भने बेंगलुरु ३ खेलबाट ४ अंकसहित तेस्रो स्थानमा छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.