सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः
आजको पञ्चाङ्ग
मिति २०८२ चैत २८ गते शनिबार, इस्वीसंवत अप्रिल ११ तारिक सन् २०२६, श्रीशाके १९४७, नेपाल संवत् ११४६, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार वैशाखकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज वैशाखकृष्णपक्षको नवमी तिथि रातिमा ९ः११ बजेसम्म त्यसपछि दशमी तिथि लाग्नेछ। नक्षत्रमा उत्तरषाढा बिहानमा १०ः४६ बजेसम्म त्यसपछि श्रवण नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा सिद्धि २५ घटि ५० पलासम्म त्यसपछि साध्य योग लाग्नेछ । करणमा तैतिल रहनेछ । आनन्दादि योगमा चर रहनेछ ।
सूर्य मीन राशिमा, चन्द्रमा मकर राशिमा रहनेछ । आज दिनमान ३१ घटि ४० पला अर्थात १२ घण्टा ४४ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ५ः४५ बजे यम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः२५ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने रातिमा १ः४५ बजे र अस्ताउने समय भोलि दिनमा १२ः२१ बजे रहेको छ ।
आजको राशिफल
मेषः आज तपाईंभित्र उत्साह, साहस तथा नयाँ कामतर्फ आकर्षण बढ्ने छ। टाढाको योजना वा यात्रासम्बन्धी विषयमा सकारात्मक सोच विकसित हुन सक्छ। अध्ययन, अनुसन्धान वा नयाँ ज्ञान प्राप्त गर्ने इच्छा प्रबल बन्नेछ। पेशागत क्षेत्रमा आफ्नो विचार स्पष्ट रूपमा राख्दा सहकर्मीबाट सहयोग प्राप्त हुन सक्छ। आर्थिक गतिविधिमा विस्तार गर्ने सोच पलाउन सक्ने समय देखिन्छ। पारिवारिक वातावरणमा हर्ष, उत्साह तथा रमाइलो माहोल सिर्जना हुनसक्छ।
वृषः आज भविष्यका योजना तथा जीवनका महत्वपूर्ण विषयमा ध्यान केन्द्रित हुनेछ । आर्थिक व्यवस्थापनमा सावधानी अपनाउँदा दीर्घकालीन फाइदा हुनेछ। कार्यक्षेत्रमा जिम्मेवारी सम्हाल्न धैर्यता तथा समझदारी आवश्यक हुनेछ। गोप्य योजना वा रणनीति तयार पार्ने अवसर प्राप्त हुनेछ। परिवारभित्र पुराना विषयमा छलफल एवं समाधान खोज्ने वातावरण बन्न बन्नेछ। अध्ययन, अनुसन्धानको क्षेत्रमा चासो बढ्नेछ। स्वास्थ्यतर्फ नियमित जीवनशैली अपनाउनु लाभदायक रहने देखिन्छ। ्
मिथुनः आज व्यवसायिक साझेदारीमा नयाँ योजना अघि बढाउने अवसर मिल्नेछ। वैवाहिक जीवनमा खुलेर संवाद गर्दा पारस्परिक समझदारी बढ्नेछ। सामाजिक कार्यक्रममा सहभागी हुँदा नयाँ चिनजान विस्तार हुनेछ। पेशागत क्षेत्रमा सहकर्मीबाट साथ मिल्न सक्छ। कानूनी वा कागजी विषयमा ध्यान दिएर काम गर्नु उपयुक्त हुनेछ। यात्रासम्बन्धी योजना बन्न सक्ने समय देखिन्छ। सकारात्मक कुराकानीले सम्बन्धमा नयाँ विश्वासको आधार तयार गर्न सक्छ।
कर्कटः आज कामकाजमा अनुशासन तथा समय व्यवस्थापनले राम्रो परिणाम दिनेछ। स्वास्थ्यतर्फ सन्तुलित भोजन तथा आराममा ध्यान दिनु उपयुक्त रहनेछ। कार्यालय वा पेशागत क्षेत्रमा जिम्मेवारी पूरा गर्दा प्रशंसा प्राप्त हुनेछ। प्रतिस्पर्धात्मक वातावरणमा आफ्नो क्षमता देखाउने अवसर मिल्नेछ। आर्थिक व्यवस्थापनमा व्यवहारिक सोच लाभदायक रहनेछ। सहकर्मीहरूसँग सहयोगात्मक वातावरण कायम रहन सक्छ। साना तर उपयोगी उपलब्धिले आत्मसन्तुष्टि मिल्नेछ।
सिंहः आज सिर्जनात्मक सोच, उत्साह तथा नयाँ अवसरतर्फ आकर्षण बढ्न सक्छ। प्रेमसम्बन्धमा आत्मीयता तथा भावनात्मक समझदारी बढ्ने सम्भावना छ। अध्ययन क्षेत्रमा रहेका व्यक्तिले प्रेरणादायी अनुभव प्राप्त हुनेछ। पेशागत क्षेत्रमा आफ्ना प्रतिभा प्रदर्शन गर्ने अवसर प्राप्त हुन सक्छ। आर्थिक विषयमा सन्तुलित निर्णय लिनु उपयोगी रहने देखिन्छ। सन्तानसम्बन्धी विषयमा खुशीको खबर प्राप्त हुनेछ। साथीभाइसँग रमाइलो भेटघाट हुने सम्भावना देखिएको छ।
कन्याः आज व्यक्तिगत विषयमा ध्यान केन्द्रित गराउन सक्छ। पारिवारिक वातावरणमा सहयोग तथा समझदारी बढ्नेछ। पेशागत जिम्मेवारीसँगै पारिवारिक कर्तव्य सम्हाल्नुपर्नेछ। आर्थिक पक्षमा स्थिरताका लागि व्यवहारिक सोच आवश्यक छ। पुराना सम्झना वा भावनात्मक विषयले मन संवेदनशील बन्नेछ। अध्ययन वा अनुसन्धानतर्फ ध्यान दिने समय रहेको छ। नजिकका व्यक्तिसँग मन खोलेर कुरा गर्दा सम्बन्ध अझ घनिष्ठ हुनेछ। आज परिवारसँग बिताउँदा मनमा सन्तोषको अनुभूति हुनेछ।
तुलाः आज छोटो दूरीको यात्राले महत्वपूर्ण अनुभव प्राप्त हुनेछ । साथीभाइसँग विचार आदानप्रदान गर्दा नयाँ योजना बन्ने सम्भावना छ। पेशागत क्षेत्रमा नयाँ जिम्मेवारी सम्हाल्ने अवसर मिल्नेछ। आर्थिक विषयमा सानो तर उपयोगी उपलब्धि प्राप्त हुनेछ। परिवारभित्र खुसीको वातावरण कायम रहने देखिन्छ। सामाजिक सञ्जाल वा सञ्चार माध्यमबाट शुभ खबर प्राप्त हुनेछ। आज गरिने कामले आगामी कदम तय गर्न प्रेरणा दिनेछ।
वृश्चिकः आज आम्दानीका लागि नयाँ सम्भावनाबारे छलफल हुनेछ। खर्च व्यवस्थापनमा व्यवहारिक योजना अपनाउनु लाभदायक रहनेछ। पेशागत क्षेत्रमा आफ्नो क्षमता प्रमाणित गर्ने अवसर मिल्नेछ। परिवारसँग आर्थिक विषयमा छलफल हुनेछ। आत्मविश्वास बढ्दै जाँदा नयाँ योजना कार्यान्वयन गर्ने इच्छा जाग्नेछ। अध्ययन वा सीप विकासतर्फ चासो बढ्ने छ। सामाजिक सम्बन्धमा स्थिरता कायम रहनेछ। विगतका अनुभवले आर्थिक योजना अझ स्पष्ट बनाउन सकिनेछ।
धनुः आज तपाईंको आत्मविश्वास, ऊर्जा तथा सकारात्मक सोच बढ्ने देखिन्छ। नयाँ योजना शुरु गर्ने प्रेरणा प्राप्त हुनेछ। व्यक्तिगत निर्णयमा स्पष्टता आउने छ। पेशागत क्षेत्रमा नेतृत्व क्षमता देखाउने अवसर रहेको छ। सामाजिक सम्बन्धमा सम्मान तथा सहयोग प्राप्त हुनेछ। यात्रासम्बन्धी योजना सफल बन्नेछ। अध्ययन, अनुसन्धानका विषयमा उत्साह बढ्नेछ। स्वास्थ्यतर्फ सक्रिय जीवनशैली लाभदायक रहनेछ चने आफ्नै प्रयासले महत्वपूर्ण काम बन्नेछ।
मकरः आज पुराना अनुभवबाट शिक्षा लिएर नयाँ दृष्टिकोण विकसित हुनेछ। पेशागत क्षेत्रमा धैर्यपूर्वक काम गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। आर्थिक विषयमा सतर्कता अपनाउनु आवश्यक छ। आध्यात्मिक चिन्तन वा ध्यानले मन शान्त बनाउने छ। गोप्य योजना वा तयारीमा समय खर्चिनुपर्ने अवस्था रहेको छ। नजिकका व्यक्तिबाट भावनात्मक सहयोग प्राप्त हुनेछ। आजको आत्मविश्लेषणले भोलिका लागि स्पष्ट बाटो देखाउन सक्छ। आजको समय मध्यम खालको रहेकाले स्वास्थ्यमा भने ध्यान दिनु आवश्यक छ।
कुम्भः आज सामाजिक सम्बन्ध, मित्रता तथा समूहगत गतिविधि सक्रिय बन्नेछ। साथीभाइसँग भेटघाट हुँदा नयाँ विचारबारे छलफल हुनेछ। जसले भविष्यसम्बन्धी लक्ष्य तय गर्ने प्रेरणा मिल्नेछ। पेशागत क्षेत्रमा सहकार्यबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। आर्थिक पक्षमा सानो तर सकारात्मक प्रगति देखिनेछ। सामाजिक कार्यक्रममा सहभागिता बढ्न सक्ने छ। अध्ययन वा अनुसन्धानमा नयाँ दृष्टिकोण प्राप्त हुनेछ। परिवारबाट प्रोत्साहन तथा सहयोग मिल्नेछ।
मीनः आज पेशागत क्षेत्रमा सक्रिय बन्ने दिन रहेको छ। कार्यक्षेत्रमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ। वरिष्ठ व्यक्तिबाट मार्गदर्शन तथा सहयोग मिल्नेछ। दीर्घकालीन योजना बनाउने प्रेरणा प्राप्त हुनेछ। आर्थिक विषयमा स्थिरता कायम राख्न विवेकपूर्ण निर्णय आवश्यक छ। सामाजिक सम्मान बढ्ने दिन रहको छ। परिवारबाट हौसला तथा समर्थन प्राप्त हुनेछ। अध्ययन वा सीप विकासतर्फ रुचि बढ्ने समय छ। तर आज खानपानमा भने ध्यान दिनुहोला ।
साइत (यात्रा): सूर्य मीन राशिमा, चन्द्रमा मकर राशिमा रहनेछ । त्यसैले पश्चिम र दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शनिबार परेकाले पूर्वको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व र उत्तरतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ५ः४३ बजेदेखि ७ः१९ बजेसम्म काल बेला
बिहान ७ः१९ बजेदेखि ८ः५४ बजेसम्म शुभ बेला
बिहान ८ः५४ बजेदेखि १०ः२९ बजेसम्म रोग बेला
बिहान १०ः२९ बजेदेखि १२ः०५ बजेसम्म उद्धेग बेला
मध्यान्हमा १२ः०५ बजेदेखि १ः४० बजेसम्म चर बेला
दिनमा १ः४० बजेदेखि ३ः१५ बजेसम्म लाभ बेला
दिनमा ३ः१५ बजेदेखि ४ः५० बजेसम्म अमृत बेला
दिनमा ४ः५० बजेदेखि ६ः२६ बजेसम्म काल बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ६ः२६ बजेदेखि ७ः५० बजेसम्म शुभ बेला
साँझ ७ः५० बजेदेखि ९ः१५ बजेसम्म रोग बेला
राति ९ः१५ बजेदेखि १०ः३९ बजेसम्म उद्धेग बेला
राति १०ः३९ बजेदेखि १२ः०० बजेसम्म चर बेला
राति १२ः०० बजेदेखि १ः२९ बजेसम्म लाभ बेला
राति १ः२९ बजेदेखि २ः५३ बजेसम्म अमृत बेला
रातिमा २ः५३ बजेदेखि ४ः१८ बजेसम्म काल बेला
रातिमा ४ः१८ बजेदेखि ०५ः४२ बजेसम्म शुभ बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः बिहानमा ९ः०० देखि १०ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।




