काठमाडौँ । बलात्कारको आरोपमा पक्राउ परेका कलाकार सागर लम्साल (बले) हाजिरी जमानीमा रिहा भएका छन् ।
शुक्रबार उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले परिवारको जिम्मा लगाएको छ ।
अमेरिका बस्दै आएकी संगम बिष्टले बलेमाथि बलात्कारको आरोप लगाएकी छन् ।
उनले अमेरिकामा बलेविरुद्ध मुद्दा दायर गरेकी छन् ।
बलेले उनलाई अभद्र व्यवहारको कसुरमा पाँच दिनअघि पक्राउ गरिएको थियो ।





