काठमाडौँ । एपोलो हाईड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेको छ ।
कम्पनीले कुल सात लाख ८० हजार २०० कित्ता शेयर बिक्रीमा ल्याएको जनाएको छ ।
निष्कासन गरिएको आईपीओमा लगानीकर्ताले न्यूनतम् १० कित्तादेखि अधिकतम् ९४ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
आवेदन सि–आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्था वा ‘मेरो शेयर’ प्रयोग गरी दिन सकिनेछ ।
कम्पनीका अनुसार आईपीओ छिटोमा चैत ३० गतेसम्म र ढिलोमा वैशाख १० गतेसम्म खुला रहनेछ ।
यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेडले लिएको छ ।





