सर्लाही। सर्लाहीमा करेन्ट लागेर एक बालकको ज्यान भएको छ ।
मृत्यु हुनेमा जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं १२ घारीबथानका ५ बर्षीय वियान्श बैलकोटी रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बुधबार बिहान उनका बुवाले आफ्नै खेतमा सिँचाइका लागि जडान गरिएको विद्युत् मोटर नजिकै खेल्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि तत्काल ईश्वरपुर नगर अस्पताल बयलबासमा लगिएकामा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





