काठमाडौँ । इन्डियन प्रिमियर लिगअन्तर्गत भएको खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई २७ रनले पराजित गर्दै लगातार तेस्रो जित हात पारेको छ।
मंगलबार गुवाहाटीमा भएको वर्षा प्रभावित खेल ११ ओभरमा छोट्याइएको थियो।
टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले ३ विकेटको क्षतिमा १५० रन बनाएको थियो।
राजस्थानका लागि ओपनर यशस्वी जैसवालले ३२ बलमा ७७ रनको उत्कृष्ट पारी खेले।
अर्का ओपनर वैभव सूर्यवंशीले १४ बलमा पाँच छक्कासहित ३९ रन बनाउँदै टोलीलाई बलियो योगफलतर्फ डोर्याए।
१५१ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित ११ ओभरमा ९ विकेट गुमाउँदै १२३ रन मात्र बनाउन सक्यो।
यो जितसँगै राजस्थान ६ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।




