सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः
आजको पञ्चाङ्ग
मिति २०८२ चैत २५ गते बुधबार, इस्वीसंवत अप्रिल ८ तारिक सन् २०२६, श्रीशाके १९४७, नेपाल संवत् ११४६, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन्। वसन्त ऋतु चलिरहेको छ। चान्द्रमान अनुसार वैशाखकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज वैशाखकृष्णपक्षको षष्ठी तिथि दिनमा ४ः३९ बजेसम्म त्यसपछि सप्तमी तिथि लाग्नेछ। नक्षत्रमा मूल अहोरात्र रहनेछ । विष्कुम्भादि योगमा वरियान २४ घटि १८ पलासम्म त्यसपछि परिध योग लाग्नेछ । करणमा भद्रा रहनेछ । आनन्दादि योगमा ध्वज रहनेछ।
सूर्य मीन राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ। आज दिनमान ३१ घटि २८ पला अर्थात १२ घण्टा ३८ मिनेटको रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ५ः४८ बजे तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः२४ बजे हुनेछ। यस्तै, चन्द्रमा उदाउने रातिमा १२ः०० बजे र अस्ताउने समय भोलि बिहानमा ९ः३३ बजे रहेको छ।
आजको राशिफल
मेषः आज समय शुभ रहने छ । धन आर्जनको विशेष अवसर पाइनेछ । यसअघि गरिएको मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । पछिसम्म फाइदा हुने काम प्राप्त हुने योग छ । श्रमको उचित मूल्यांकन हुने र पढाइमा पनि प्रगति हुनेछ । व्यापार, साझेदारी र सट्टापट्टामा महत्वपूर्ण लाभ मिल्नेछ । दिगो योजना प्रारम्भ गर्ने समय छ । सञ्चित धनको उपयोगले लाभ दिलाउनेछ । प्रतीक्षा गरिएको काम बन्नेछ भने उठ्नुपर्ने रकम पनि हातमा आउनेछ ।
वृषः आज समय खराब छ । विवादित काममा समय बित्दा महत्वपूर्ण काम रोकिन सक्छ। ऋाज अवसरवादीहरूबाट सजग रहनुपर्नेछ। आफ्नै कमजोरीले चिन्ता बढाउन सक्ने देखिन्छ। परिस्थिति अलि संघर्षपूर्ण रहनेछ। घमण्ड गर्ने बानीले समस्या निम्त्याउन सक्छ। अप्ठ्यारो पर्दा मान्यजन तथा अग्रजहरूले साथ नदिन सक्नेछन् । आज जुनसुकै काम गर्दा सतर्क हुन आवश्यक छ ।
मिथुनः आज पनि समय राम्रो छ भने जागिरका लागि महत्वपूर्ण अवसर मिल्नेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर र सफलताले पछ्याउनेछ। टाढिएका शुभचिन्तक नजिक हुनेछन्। जसले परिवारमा प्रशन्नता मिल्नेछ । धार्मिक र सेवामूलक काममा सहभागी हुन पाइनेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पनि पाइनेछ। आर्थिक अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ। शुभ समयको सही सदुपयोग गर्नुहोला।
कर्कटः आज समय मध्यम खालको रहनेछ । काममा व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । गोप्य सूचना बाहिरिनाले मानसिक तनाव बढ्ने देखिन्छ । काम दोहोर्याएर गर्नुुपर्ने स्थिति आउनेछ। तनावमा काम गर्ने गर्दा विभिन्न समस्या निम्त्याउन सक्छ। समयमा गम्भीर नबन्दा दुःख पाइनेछ। आज कामको चाप पनि बढ्ने देखिन्छ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला।
सिंहः आज समय शुभ छ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। टाढाको मित्रबाट विभिन्न उपहार प्राप्त हुने समय रहेको छ । सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम शुरु गर्ने समय रहेको छ । उद्योग र व्यापारमा विशेष फाइदा हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि मिहिनेत गर्दा प्रशस्त धन आर्जन हुने समय रहेको छ ।
कन्याः आज समय मध्यम खालको रहनेछ । वचन पुर्याउन नसक्दा अरूले आलोचना गर्न सक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन् । पैसाको अभावले काम रोकिने सम्भावना रहेको छ। गलत आरोप लगाउनेहरूले दुःख दिनेछन् जसले मानसम्मानमा आघात पुग्न सक्छ। तर आज विगतको श्रमबाट लाभ हुनेछ भने शुभचिन्तकहरूको सहयोगले तपाइँको स्थितिमा सुधार आउनेछ।
तुलाः आज समय र स्वास्थ्य राम्रो रहने छैन । नयाँ काममा शुरु गर्न केही समय पर्खनुहोला। काम बिग्रने डरले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। अरूको काममा धेरै समय खर्चनुपर्ने देखिन्छ । विगतका समस्या बल्झिन सक्ने देखिएको छ। सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ। आज नयाँ काम शुरू नगरी पहिलेको कामलाई निरन्तरता दिँदा राम्रो हुनेछ ।
वृश्चिकः आज परिश्रम धेरै गर्नुपर्ने पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्नेछ। समयमा होस नपुग्नाले गरिरहेको काम रोकिन सक्छ। अवसरको खोजीका लागि निकै दौडधूप गर्नुपर्नेछ । फाइदाका पछि लाग्दा साथीभाइसँग तनाव बढ्न सक्ने देखिन्छ। आज तपाइँको खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्नेछ । तर टाढाको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। धार्मिक यात्राले तपाइँको तनाव कम हुनेछ ।
धनुः आज समय राम्रो रहनेछ । नोकरीमा प्रतिस्पर्धीलाई हराउँदै अघि बढ्न सकिनेछ । शत्रुता राख्न चाहनेहरु आफै साईड लाग्नेछन् । अदातलका निर्णयहरु तपार्इँकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । पढाइलेखाईमा उत्कृष्ट नतिजा आउनेछ। जसले घरपरिवार तथा आफन्त खुशी हुनेछन् । व्यापार व्यावसायमा लगानी गरी मनग्गे आम्दानी हुने योग रहेको ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ ।
मकरः आज समय शुभ रहनेछ भने स्वास्थ्य पनि राम्रो रहनेछ । थोरै लगानीबाट मनग्य आम्दानी गर्न सकिनेछ । दाजुभाइ तथा आफन्तसँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ । पतिपत्नीबीच माया प्रेम झन् कसिलो भएर जानेछ । आफन्तको आगमनले घरमा खुशीयाली छाउनेछ । शत्रुमाथि तपाइँको जीत हुनेछ । आज शुरु गरिने सबै कामबाट राम्रो मुनाफा प्राप्त हुने देखिन्छ।
कुम्भः आज समय खराब रहनेछ । आमा तथा परिवारका सदस्यहरु तपाईँदेखि टाढिन सक्छन्, ध्यान दिनुहोला । विद्यार्थीहरूले पढाइलेखाइमा समय दिन सक्ने छैनन् । राजनीति तथा समाज सेवामा बढी गम्भीर बन्नुहोला । नत्र आलोचना गर्नेहरु सक्रिय रहनेछन् । आज सकेसम्म टाढाको यात्रा नगर्नुहोला । खानपानमा ध्यान दिनुहोला । आज मातापिताको आशिर्वाद लिएर धार्मिक कार्यमा लाग्न सक्नुहुनेछ ।
मीनः आज समय खराब रहनेछन् । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला। प्राकृतिक स्रोत तथा सरकारी धनको सही परिचालन गर्न नसक्दा आम्दानी घट्नेछ । प्रेममा एक अर्का बीच बैमनस्यता बढेर जाने योग रहेको छ भने जीवन साथीसँग अविश्वास बढ्नेछ । आज कर्मचारी र आफ्ना छोराछोरी पनि तपाईंको पक्षमा देखिंदैनन् । आज सबै काममा सावधान रहनु नै बेस हुनेछ । आज उत्तर दिशाको यात्रामा धनको नोक्सान हुन सक्ने देखिन्छ ।
साइत (यात्रा): सूर्य मीन राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । त्यसैले पूर्वबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बुधबार परेकाले उत्तरको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर, पश्चिम र दक्षिणतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ५ः५२ बजेदेखि ७ः२६ बजेसम्म लाभ बेला
बिहान ७ः२६ बजेदेखि ८ः५९ बजेसम्म अमृत बेला
बिहान ८ः५९ बजेदेखि १०ः३३ बजेसम्म काल बेला
बिहान १०ः३३ बजेदेखि १२ः०७ बजेसम्म शुभ बेला
मध्यान्हमा १२ः०७ बजेदेखि १ः४० बजेसम्म रोग बेला
दिनमा १ः४० बजेदेखि ३ः१४ बजेसम्म उद्धेग बेला
दिनमा ३ः१४ बजेदेखि ४ः४८ बजेसम्म चर बेला
दिनमा ४ः४८ बजेदेखि ६ः२२ बजेसम्म लाभ बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ६ः२२ बजेदेखि ७ः४८ बजेसम्म अमृत बेला
साँझ ७ः४८ बजेदेखि ९ः१४ बजेसम्म काल बेला
राति ९ः१४ बजेदेखि १०ः४० बजेसम्म शुभ बेला
राति १०ः४० बजेदेखि १२ः०६ बजेसम्म रोग बेला
राति १२ः०६ बजेदेखि १ः३२ बजेसम्म उद्धेग बेला
राति १ः३२ बजेदेखि २ः५९ बजेसम्म चर बेला
रातिमा २ः५९ बजेदेखि ४ः२५ बजेसम्म लाभ बेला
रातिमा ४ः२५ बजेदेखि ०५ः५१ बजेसम्म अमृत बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः मध्यान्हमा १२ः०० देखि १ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।




